भर्खरै :

इन्जिनियरिङ विद्यार्थीले वेद,पुराण र तर्कशास्त्र पढ्नै पर्ने

भारतमा इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले अन्य विषयहरुसँगै वेद, पुराण र तर्कशास्त्र पनि पढ्नुपर्ने भएको छ । अखिल भारत प्रविधिक शिक्षा परिषद्ले इन्जिनियरिङ संकायका विद्यार्थीले ती विषय पढ्नै पर्ने अनिवार्य विषय बनाउने निर्णय गरेको छ । यसै वर्षदेखि लागु हुने नयाँ पाठ्यक्रममा ती विषयहरु समावेश गरिएको हो । पाठ्यक्रममा ती विषयहरु समावेश गर्दा भारतीय विद्यार्थीहरुले भारतीय दर्शन र भाषाविज्ञानका साथै योगा र आधुनिक विज्ञानबारे भारतीय बुझाई अझ प्रष्ट बनाउने विज्ञहरुले बताए ।
नयाँ पाठ्यक्रमले २२० क्रेडिट रहेको सैद्धान्तिक विषयलाई घटाएर १६० मा झारेको छ । विशेष गरी प्रयोगात्मक ज्ञान र प्रयोगशाला कार्यलाई बढी जोड दिइएको छ ।
-हिन्दुस्तान टाइम्स
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *