भर्खरै :

‘पद्मावत्त’को विरोधमा स्कूले गाडीमाथि हमला

विवादित चलचित्र ‘पद्मावत्त’ प्रदर्शनको विरोधमा भारतको हरियाणामा बुधबार हिन्दुवादीहरुले विद्यालयका विद्यार्थीहरु सवार एउटा विद्यालयको गाडीमाथि हमला गर्दा दर्जनौं विद्यार्थी र शिक्षकहरु घाइते भएका छन् । चर्चित चलचित्र निर्देशक सञ्जयलीला भन्सालीद्वारा निर्देशित चलचित्रले इतिहास बंग्याएको आरोेपमा चलचित्र छायाकँनदेखि नै केही कट्टरपन्थीहरुले आक्रामक विरोध प्रदर्शन गर्दै आएका छन् । धेरै ठाउँमा उनीहरुको प्रदर्शनले हिंसात्मक रुप समेत लिएको छ । उनीहरुले चलचित्र छायाकँनस्थलमै पुगेर निर्देशक भन्सालीसमेत माथि हमला प्रयास गरेका थिए ।
बुधबारको हमलामा संलग्न केही मानिसलाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरुलाई चौध दिनको लागि न्यायिक हिरासतमा पठाइएको छ ।
सो घटनाको भारतका प्रमुख नेताहरुले विरोध जनाएका छन् । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले हिजो मुसलमान र दलितहरुमाथि आक्रमण गरेकाहरु नै आज विद्यालयका विद्यार्थीहरुमाथि हमलामा संलग्न भएको बताए ।
उनले यस्ता घटनाको विरोधमा मौन नरहन आह्वान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *