भर्खरै :

भक्तपुर महोत्सवको प्रचारार्थ चित्रकला प्रतियोगिता सम्पन्न

भक्तपुर महोत्सवको प्रचारार्थ चित्रकला प्रतियोगिता सम्पन्न

भक्तपुर, २९ कार्तिक । यहीँ मङ्सिर २८ देखि पुस २ गतेसम्म सञ्चालन हुने भक्तपुर महोत्सव २०८१ को प्रचारार्थ भक्तपुर नगरव्यापी आधारभूत विद्यालयस्तरीय चित्रकला प्रतियोगिता बिहीबार सम्पन्न भयो ।
प्रतियोगितामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलगायतले अवलोकन गर्नुभएको थियो । भक्तपुर नगर शिक्षा प्रमुख साधुराम फुयालले भक्तपुर महोत्सव २०८१ सम्पन्न गर्नको लागि भक्तपुरको कला, सम्पदा र संस्कृतिको विषयमा विद्यार्थी प्रतिभा पहिचान गरी नयाँ पुस्तालाई कला, संस्कृतिको संवद्र्धन गर्ने भावना जागृत गर्ने उद्देश्यले चित्रकला प्रतियोगिता गरेकोे बताउनुभयो ।
उक्त प्रतियोगितामा ४ वटा आधारभूत विद्यालय, ९ वटा सामुदायिक मावि र २५ वटा संस्थागत विद्यालयका जम्मा १३६ जना विद्यार्थीहरूले सहभागिता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *