नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
रुसले क्युवालाई जहाजभरि ६ करोड डलर बराबरको डिजेल दिने घोषणा गरेको छ । क्युवाको राजधानी हवानामा भएको दुईपक्षीय बैठकमा यस्तो घोषणा गरिएको हो । यो रुसी सहायतालाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सीधै अनुमोदन गरेका छन् । क्युवाको ऊर्जा क्षेत्रलाई स्थिर राख्न गरिएको यो पछिल्लो अन्तर्राष्ट्रिय प्रयास हो ।
हवाना सहरमा बसेको ‘आर्थिक–व्यावसायिक र वैज्ञानिक–प्राविधिक सहकार्यका लागि अन्तरसरकारी आयोग’ का अध्यक्षहरूको बैठकमा रुसले क्युवालाई सहयोगमा रुसी इन्धन दिने घोषणा गरिएको हो । दुईपक्षीय बैठकको अध्यक्षता रुसी उपप्रधानमन्त्री दिमित्री चेर्निशेन्को र क्युवाली उपप्रधानमन्त्री रिकार्डो काब्रिसासले गर्नुभएको थियो ।
बैठकको क्रममा चेर्निशेन्कोले भन्नुभयो, “मित्र देश क्युवाको वर्तमान ऊर्जा सङ्कटका सन्दर्भमा हाम्रा राष्ट्रपति भ्लादिमिर पुटिनको निर्देशन पछ्याउँदै रुस आपत्कालीन सहयोग उपलब्ध गराउन तयार छ ।” अक्टोबर १८ मा क्युवाको विद्युत् प्रणाली ठप्प भयो । पूरै देश ७२ घण्टाको लागि विद्युत्विहीन भयो । अक्टोबर २१ को बिहानीपख मात्र स्थितिमा अलिकति सुधार आयो । यसै पृष्ठभूमिमा रुसी सहायता आएको हो ।
क्युवाली ऊर्जा अधिकारीहरूले नोभेम्बर १ गते जारी गरेको पछिल्लो रिपोर्टअनुसार क्युवामा विद्युत् उत्पादनमा लगातार कमी आइरहेको छ । अबदेखि सबै क्षेत्र राष्ट्रिय ग्रीडबाट नअलग्गिने सो रिपोर्टमा बताइएको छ ।
राष्ट्रपति भ्लादिमिर पुटिनले सिधै स्वीकृत गरेको रुसी सहायता क्युवाली ऊर्जा क्षेत्र सुधार्ने सीधा अन्तर्राष्ट्रिय प्रयास हो । अमेरिकी सरकारले क्युवाविरुद्ध थोपरेको आर्थिक प्रतिबन्धकै कारण क्युवाले इन्धन अभाव र विद्युत् उत्पादन क्षमतामा ह्रास भोग्दै छ । यस्तैमा क्युवाले पछिल्लो क्रममा दुई ठूला समुद्री आँधी भोग्नुप¥यो । यस्तो चुनौतीपूर्ण अवस्थामा बढेको रुसको सहयोगी हात अर्थपूर्ण छ ।
(एमआर अनलाइनबाट । सम्यक)
Leave a Reply