सरकारको उपस्थिति खोइ ?
- श्रावण १, २०८३
काठमाडौँ, ३० कार्तिक । एउटा प्रतिवेदनले भारतमा सन् २०२४ सम्म ३३४ जना अर्बपतिको भएको सार्वजनिक भयो । भारतको मुम्बई एसियाकै अर्बपतिको राजधानी भएको उल्लेख गरियो । बम्बईलाई विश्वको तेस्रो धनाढ्य सहरमा राखियो ।
भारतका आधा जनसङ्ख्या दिनको एक छाक खाएर सुत्छन् । ३०–४० करोड भारतीय जनता खुला शौचालयमा जान्छन् । वर्षको १० हजार किसानहरू आफ्नो ऋणको सावाँ–ब्याज तिर्न नसकेर आत्महत्या गर्छन् ।
भारतको मोदी सरकार हिन्दू फासीवादी भएको हुँदा अन्य जाति र संस्कृतिका भारतीयहरू पीडित छन् । १ अर्ब ४० करोड बढी जनसङ्ख्या भएको देशमा ३३४ जना धनाढ्यले स्रोत–साधनमा कब्जा गर्नु आर्थिक असमानताको नमुना हो । यस्तो देशमा कुनै पनि बेला विद्रोह हुने सम्भावना छ । भारत जतिकै जनसङ्ख्या भएको चीनले आफ्नो जनतालाई गरिबीबाट माथि उठाएको छ ।
अमेरिकामा पुनःनिर्वाचित राष्ट्रपति ट्रम्प विश्वकै धनी राष्ट्रपतिमा गनिन्छ । ट्रम्पको दरबारको सुविधा भएको निजी हवाईजहाज छ भने निजी पानीजहाज र हेलिकप्टर पनि छन् । ट्रम्पलाई राष्ट्रपतिमा पुनः जिताउन अमेरिकामा अर्को धनी इलन मस्कले आवश्यक आर्थिक सहयोग गरेका थिए । ट्रम्पको निर्वाचनमा प्रत्येक दिन मस्कले करोडौँ डलर खर्च गरेका थिए । ट्रम्पले मस्कलाई सरकार सञ्चालनको महत्वपूर्ण जिम्मेवारी दिने सार्वजनिक भएलगत्तै मस्कको उद्योग–व्यापारको सेयर मूल्य बढ्यो । अहिले मस्कको उद्योग–व्यापारको सेयर मूल्य प्रतिसेकेन्ड ३७५ डलर वृद्धि भइरहेको सार्वजनिक गरियो ।
सन् २०२० मा मस्कको विद्युतीय गाडी उत्पादन गर्ने टेस्ला कम्पनीको प्रतिशेयर मूल्य ३० डलर थियो । विद्युतीय गाडी बिक्री बढेपछि यो कम्पनीको प्रतिशेयर मूल्य सन् २०२१ मा ३०० डलर पुगेको सार्वजनिक भयो ।
अमेरिकामा स्वास्थ्य बीमा नहुँदा उपचार नपाएर मरेका मानिसहरू पनि छन् । ट्रम्पको सरकारले केही धनाढ्यहरूको कब्जामा देशको सम्पत्ति कब्जामा पर्ने सरकारी नीतिलाई यथावत अघि बढाएमा कुनै पनि बेला अमेरिकी गरिब जनताको विद्रोह हुनेछ ।
ट्रम्पले आफ्नो सरकारमा सचिव र विभागीय प्रमुखहरूसमेत धनाढ्यहरूलाई जिम्मेवारी दिने घोषणा गरेको हुँदा गरिबहरू थप मारमा पर्ने स्पष्ट छ ।
Leave a Reply