भर्खरै :

प्रदर्शनीबाट विद्यार्थीहरूको क्षमता अभिवृद्धि हुने

प्रदर्शनीबाट विद्यार्थीहरूको क्षमता अभिवृद्धि हुने

भक्तपुर, ३० कार्तिक । सार्वजनिक माध्यमिक विद्यालय, संयुक्त परीक्षा समितिको वार्षिक शैक्षिक कार्यतालिकाअनुसार गणेश माविको आयोजनामा शुक्रबार गणित तथा विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न भयो ।
प्रदर्शनी कार्यक्रम गणेश माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष न्हुछेभक्त फोजू र समितिअन्तर्गतका प्र.अ. हरूबाट शुभारम्भ भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् संयुक्त परीक्षा समितिका अध्यक्ष रोशनराज तुइतुईले प्रदर्शनीको महत्वबारे प्रकाश पार्दै प्रदर्शनीबाट विद्यार्थीहरूको क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा १७ ओटा विद्यालयले विज्ञान र गणित विषयका विभिन्न विधाहरूमा सामग्री प्रदर्शन गरेका थिए । प्रदर्शनीमा परीक्षा समितिका सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको सक्रिय सहभागिता रह्यो ।
गणेश मा.वि. छालिङका प्र.अ.को सभापतित्वमा सम्पन्न कार्यक्रममा आदर्श आजादका प्र.अ. श्रीकृष्ण किसी, पञ्चकन्या माविका प्र.अ. नारायणप्रसाद दुलाल, रामकृष्ण त्यात र सुलोचना सुवालले प्रदर्शनीको महत्वबारे स्पष्ट पार्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *