भर्खरै :

अमेरिकाको चुनावपछिको कालमा नाटोले प्रमुख प्रश्नहरूको सामना गर्दै छ

अमेरिकाको चुनावपछिको कालमा नाटोले प्रमुख प्रश्नहरूको सामना गर्दै छ

अर्को अमेरिकी प्रशासनमा धेरै महत्वपूर्ण पदहरूका लागि उम्मेदवारहरू घोषणा भइसकेपछि नाटोभित्र फेरि एकपटक ‘नाटो शङ्कावाद’ को लागि परिचित ह्वाइट हाउसको सामना गर्नेछ भन्ने भावना बढ्दै गएको छ । हुन पनि नाटोको शक्ति र स्थिति माथिल्लो मार्गमा फर्कँदै छ, ट्रान्सएट्लान्टिक सैन्य ब्लक ‘हिंस्रक आँधीबेहरी’ को अधीनमा पुग्न सक्छ ।
पहिलो प्रश्न युक्रेन सङ्कटको दिशातिरको सरोकार छ । समाचार संस्था बीबीसीका अनुसार “राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पका पूर्वसल्लाहकारले भने कि आगामी प्रशासनले युक्रेनमा रुसले कब्जा गरेको क्षेत्र फिर्ता लिनको लागि देशलाई सक्षम पार्नुभन्दा युक्रेनमा शान्ति प्राप्त गर्नमा ध्यान दिनेछ ।” भविष्यमा संरा अमेरिकाले युक्रेनलाई रुस र युक्रेनबिचको शान्ति वार्तालाई सहज बनाउनको लागि नाटोमा सामेल नहुने स्पष्ट प्रतिबद्धता गर्न आग्रह गर्न सैन्य सहायतालाई सौदाबाजी चिपको रूपमा प्रयोग गर्न सक्छ । यो नाटोको लागि एक महत्वपूर्ण झटका हुनेछ ।
नाटोको मुख्य रणनीतिक प्रतिद्वन्द्वी रुस नै रहेको छ । रुसको विरोध गरेरमात्र नाटो खेमाले महत्वपूर्ण रणनीतिक स्रोतहरू जुटाउन सक्छ । यदि संरा अमेरिकाले रुस र युक्रेनबिचको युद्धविरामलाई सहजीकरण गर्ने हो भने यसलाई नाटोको असफलताको रूपमा हेर्न सकिनेछ । त्यसले रुस–युक्रेन द्वन्द्वमा ठुलो प्रयास र भौतिक स्रोतहरू लगानी गरेको छ । रुसको सामनामा ‘स्वतन्त्र संसारको अभिभावक’ को रूपमा ट्रान्सएट्लान्टिक गठबन्धनको भूमिका अचानक समाप्त हुनेछ । परिणाममा भविष्यमा नाटोको पूर्व दिशामा विस्तार र रक्षा बजेट वृद्धिमा अवरोधहरू सामना गर्नसक्छ ।
दोस्रो मुद्दा नाटो सदस्यहरूबिचको सैन्य खर्च हो । यद्यपि, नाटो गठबन्धनका युरोपेली सदस्यहरूले हालका वर्षहरूमा रक्षा खर्चमा उल्लेखनीय वृद्धि गरेका छन् । वाशिङ्गटन र युक्रेन सङ्कटको दबाबबाट सञ्चालित, नाटो नेताहरू अनिश्चित छन् कि आगामी अमेरिकी प्रशासनले यी प्रयासहरूलाई पर्याप्त मान्ने छ कि छैन । नाटोका महासचिव मार्क रुटले युरोपेली देशहरूलाई आफ्नो जीडीपीको २ प्रतिशतभन्दा बढी रक्षामा छुट्याउन आग्रह गरेका छन् । सैन्य खर्च लक्ष्य थप बढाइयो भने धेरै युरोपेली देशहरूले बोझ वहन गर्न असमर्थ हुनेछन् । तसर्थ, सैन्य खर्च लक्ष्यहरूले अर्को अमेरिकी प्रशासनअन्तर्गत नाटोको सम्बन्धमा अमेरिका र युरोपबिचको तनावलाई पुनः चर्काउन सक्छ ।
यसबाहेक, मूल मुद्दा नाटो र युरोपको सुरक्षा संरचना हो वा सारमा युरोपेली सुरक्षामा अमेरिकाको भूमिका हो । ट्रम्पको राष्ट्रिय–सुरक्षा सल्लाहकार सर्कलभित्रको सोचसँग परिचित रक्षा विशेषज्ञ ड्यान काल्डवेलले जुलाईमा पोलिटिकोलाई भने कि ट्रम्प प्रशासनले नाटोको ‘कट्टरपन्थी पुनस्र्थापना’ को अपेक्षा गर्नेछ, किनकि यसले ‘अमेरिकाको सुरक्षा भूमिकालाई महत्वपूर्ण र पर्याप्त रूपमा घटाउने’ परिकल्पना गरेको छ । युरोपमा लडाइँ शक्तिको प्राथमिक प्रदायक हुनुको सट्टा फिर्ता भई सङ्कटको समयमा मात्र समर्थन प्रदान गर्ने शक्ति राष्ट्र बन्नेछ ।
यसको अर्थ हुन्छ, प्रतिरक्षाका विशिष्ट क्षेत्रमा, अमेरिकाले आफ्ना विद्यमान प्रतिबद्धताहरू जस्तै आणविक सुरक्षा र हवाई, समुद्री र प्रमुख सैन्य अड्डाहरूको मर्मतसम्भारलाई कायम राख्नेछ, जबकि युरोपलाई लजिस्टिक शक्तिहरू प्रमुख पैदल सेना, कवच, तोपखाना र हतियारहरूका लागि आफ्नै स्रोतहरूमा भर पर्नुपर्छ ।
यो स्थानान्तरणले नाटोको सामूहिक रक्षा दायित्वहरूको आधारशिला नयाँ व्याख्याको नेतृत्व गर्न सक्छ । यद्यपि, यस लेखको व्याख्या एकदम लचिलो भएकोले केही पर्यवेक्षकहरूले दाबी गरेका छन् कि यसले नाटो सदस्य राष्ट्रले सैन्य आक्रमणको प्रतिक्रियामा कारबाही गर्नुपर्छ भन्ने सङ्केत गर्दैन ।
वास्तवमा, भावी अमेरिकी प्रशासनले नाटोबाट बाहिरिने विकल्प राखेको छ । २०२३ मा, नाटोबाट बाहिरिने कुनै पनि राष्ट्रपतिको निर्णयमा कि त सिनेटको दुईतिहाइले सिनेट अनुमोदन हुनुपर्दछ वा कङ्ग्रेसको एक विधेयकमार्फत अधिकृत हुन आवश्यक पर्ने कानुनमा हस्ताक्षर गरिएको हुनुपर्छ । यद्यपि, विदेश मामिला र रिपब्लिकन–नियन्त्रित कङ्ग्रेसमा राष्ट्रपतिको अख्तियारलाई ध्यानमा राख्दै यो कानुनले अर्को अमेरिकी राष्ट्रपतिको निर्णयलाई महत्वपूर्ण रूपमा बाधा पु¥याउन सक्दैन । अर्को शब्दमा भन्नुपर्दा अर्को अमेरिकी राष्ट्रपतिमा नाटोले के सामना गर्नेछ त्यो पूर्णतया नयाँ रूपान्तरण हुनेछ र अमेरिकाबिनाको नाटो पनि एउटा सम्भावना हुनसक्छ ।
रुट ट्रम्पलाई उनको चुनावी विजयमा बधाई दिने पहिलो विश्व नेताहरूमध्ये एक थिए । “नाटोमार्फत अमेरिकासँग ३१ मित्र र सहयोगीहरू छन् जसले अमेरिकी हितलाई अगाडि बढाउन, अमेरिकी शक्तिलाई बढावा दिन र अमेरिकीहरूलाई सुरक्षित राख्न मद्दत गर्दछ ।”
रुटका शब्दहरूले अर्को अमेरिकी राष्ट्रपतिको नेतृत्वमा नाटोको भविष्यको बारेमा उनको चिन्तालाई लुकाउन सकेन । वास्तवमा यो अत्यावश्यक प्रश्न बनेको छ कि नाटोले अर्को चार वर्षको ट्रान्सएटलान्टिक अन्तरक्रियामा कस्तो प्रकारको ‘नाटो– दोस्रो संस्करण’ सिर्जना हुनेछ र कसरी यसको मार्गलाई सच्याउन र वाशिङ्गटनले निम्त्याउने सम्भावित अशान्तिको सामना गर्ने भनेर बुझ्नको लागि सम्बोधन गर्नेछ ।
(लेखक चाइना इन्स्टिच्युट अफ कन्टेम्पररी इन्टरनेसनल रिलेसन्समा युरोपेली अध्ययन संस्थानका कार्यकारी निर्देशक हुनुहुन्छ ।)

– ग्लोबल टाइम्सबाट
अनुवाद : प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *