निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
काठमाडौँ, २ मङ्सिर । मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले देशका विभिन्न स्थानमा उम्मेदवारी दर्ता ग¥यो ।
कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा नेपाल मजदुर किसान पार्टीको तर्फबाट पार्टीका पूर्वकेन्द्रीय सदस्य श्रीकृष्ण महर्जनले उम्मेदवारी दर्ता गराउनुभयो ।
कीर्तिपुर नगरपालिका वडा नं. १ को वडा अध्यक्ष पदमा कृष्णप्रसाद महर्जन, वडा नं. ४ को वडा अध्यक्ष पदमा महेश्वर सुवेदीले नेमकिपाको तर्फबाट उम्मेदवारी दिनुभयो ।
कीर्तिपुर पाँगाबाट जुलुससहित निर्वाचन अधिकृतको कार्यालय देवढोकामा पुगी उम्मेदवार मनोनयन दर्ता गरिएको हो ।
दर्तापछि नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले कीर्तिपुरलाई नमुना नगर बनाउने काम नेमकिपाले गर्ने हुँदा कीर्तिपुरका मतदाताले ‘मादल’मा छाप लगाई जिताउन आग्रह गर्नुभयो ।
काठमाडौँ महानगरपालिका वडा नं. १६ को वडा अध्यक्ष पदमा पार्टीको तर्फबाट न्हुज महर्जनले उम्मेदवारी दिनुभयो ।
कर्णाली प्रदेशको दैलेख जिल्लाको महाबु गाउँपालिकाको अध्यक्ष पदमा नेमकिपाको तर्फबाट दुर्गाबहादुर थापा र दुल्लु नगरपालिका वडा नं. १३ को वडा अध्यक्ष पदमा पूर्णप्रसाद भट्टराईले पार्टीको तर्फबाट उम्मेदवारी दिनुभयो ।
कालीकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं. ४ को वडा अध्यक्ष पदमा पार्टी जिल्ला अध्यक्ष खड्गराज शाहीले पार्टीको तर्फबाट उम्मेदवारी दिनुभयो ।
नुवाकोटको ककनी गाउँपालिका वडा नंं. २ को वडा अध्यक्ष पदमा माइलीमाया तामाङ, हेटाँैडा उपमहानगरपालिका वडा नं. १२ को वडा अध्यक्ष पदमा फूलमाया तितुङ, कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. ६ को वडा अध्यक्ष पदमा दलबहादुर बोहरा, मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा प्रशुराम विश्वास थारुले नेमकिपाको तर्फबाट उम्मेदवारी दिनुभएको पार्टी सचिव पे्रम सुवालले जानकारी दिनुभयो ।
निर्वाचनमा विजयी भएमा पार्टीका उम्मेदवारहरूले देश र जनताको निःस्वार्थपूर्वक सेवा गर्नुहुनेछ । विकास निर्माणमा स्थानीय जनताको उपभोक्ता समितिमार्फत आर्थिक अनुशासन र पारदर्शी ढङ्गले सम्पन्न गर्न उनीहरू लागिपर्नुहुनेछ ।
Leave a Reply