भर्खरै :

भक्तपुरलाई स्वदेश र विदेशमा परिचित गराउन भक्तपुर महोत्सव

भक्तपुरलाई स्वदेश र विदेशमा परिचित गराउन भक्तपुर महोत्सव

भक्तपुर, २ मङ्सिर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर महोत्सवबारे जानकारी दिने उद्देश्यले भनपा सभाकक्षमा कर्मचारी भेला आयोजना भयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर महोत्सव आयोजना गर्नुको मुख्य उद्देश्य भक्तपुरको कला–संस्कृति र रहन सहनलाई देश र विदेशमा चिनाउने र भक्तपुर नगरमा आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गराउने रहेको बताउनुभयो । उहाँले सिङ्गो नगरलाई पाँच दिनसम्म महोत्सवमय बनाउन भनपाका कर्मचारीहरू अनुशासित भई जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड दिँदै महोत्सवको अवधिभित्र अवलोकनको लागि आउने अतिथिहरूलाई शान्ति सुरक्षाको राम्रो बन्दोबस्त गर्न आवश्यक छ भन्नुभयो ।
भक्तपुर कला र संस्कृतिले भरिपूर्ण सहर भएको हुँदा सम्पदा संरक्षणलाई प्राथमिकतामा राख्दै विश्व सम्पदालगायतका सम्पदाहरू संरक्षण गर्दै आइरहेको बताउँदै उहाँले महोत्सवको अवधिमा सम्पदा क्षेत्र र अवलोकन क्षेत्रमा सरसफाइमा अझ बढी ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
प्रमुख अतिथि प्रजापतिले महोत्सवलाई सभ्य र भव्यका साथै सधँैका लागि स्मरणीय बनाउन कर्मचारीहरूले आ–आप्mनो ठाउँबाट सहयोग गरी महोत्सवकेन्द्रित गतिविधिलाई व्यापक बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर महोत्सव हाम्रो लागि परीक्षाको घडी हो, तसर्थ हामी सबै मिलेर महोत्सवलाई सफल पार्न आ–आप्mनो ठाउँबाट योगदान गर्नुपर्छ भन्नुभयो ।
उहाँले कर्मचारीहरूले यो अवधिमा अरू बेलाभन्दा बढी खटी महोत्सवलाई पूर्ण सफल बनाउन सहयोग गर्न निर्देशन दिनुभयो ।
कार्यक्रममा भक्तपुर महोत्सवका सचिवालय संयोजक गौतमप्रसाद लासीवाले भक्तपुर महोत्सवको लागि हालसम्म भएका तयारी र गतिविधिबारे सङ्क्षेपमा चर्चा गर्दै भक्तपुर महोत्सव तयारीमा १६१ सदस्यीय मूल समारोह समिति, २५ सदस्यीय निर्देशक समिति र १३ वटा विभिन्न समितिहरू गठन भई नियमितरूपमा बैठकहरू बसी छलफल भइरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा भनपाका प्रशासकीय अधिकृत दामोदर सुवालले भक्तपुर महोत्सवको तयारीमा कर्मचारीहरूको भूमिकाबारे प्रस्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *