निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
काठमाडौँ, २ मङ्सिर । स्थानीय जनप्रतिनिधिको रिक्त स्थानमा मङ्सिर १६ गते हुने उपनिर्वाचनको लागि नेमकिपाको तर्फबाट नुवाकोट जिल्ला ककनी गाउँपालिका वडा नं. २ को अध्यक्ष पदमा उम्मेदवारी दिइएको छ । स्थानीय ककनी गापा वडा नं. २ निवासी माइलीमाया तामाङलाई वडाध्यक्ष पदमा उम्मेदवारी दिइयो । स्वतन्त्र २ सहित ११ जना उम्मेदवारहरूले नेमकिपासहित विभिन्न ९ वटा पार्टीको तर्फबाट उम्मेदवारी मनोनयन दर्ता भएको थियो । नेमकिपाको तर्फबाट मात्र महिला उम्मेदवारी परेको थियो ।
उम्मेदवारी मनोनयन दर्तापछि भएको कोणसभामा नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोलले नेमकिपाका उम्मेदवार ककनी गाउँपालिका र नुवाकोट जिल्लामा देश र जनताको पक्षमा सदा समर्पित भएर पार्टीको निर्वाचन घोषणापत्र मुताबिक सेवारत हुने औँल्याउनुभयो ।
उहाँले नेमकिपाले युवाहरूलाई स्वदेशमै रोजगार, किसानहरूको उत्पादन बढाउने प्राविधिक र विकाससँगै स्वदेशमै मल कारखाना खोल्ने र महिलाहरूमा उद्यमशीलताको विकासको लागि पालिकामा आवाज उठाउनेछ भन्नुभयो ।
नेमकिपाका उम्मेदवारले जनताको वास्तविक जनप्रतिनिधि भएर काम गर्ने विश्वास व्यक्त गर्दै उहाँले देशघाती पार्टीहरूको विकल्प नेमकिपाका उम्मेदवारलाई जनताले विजय गराउने विश्वास व्यक्त गर्नुभयो ।
मनोनयन दर्ता कार्यक्रममा नेमकिपा नुवाकोट जिल्ला अध्यक्ष रवीन्द्र डंगोलले जनघाती पार्टीका प्रतिनिधिहरूबाट नुवाकोट ककनीका जनता पनि असन्तुष्ट रहेको उल्लेख गर्नुभयो । पार्टीको घोषणापत्रअनुसार नेमकिपाका उम्मेदवारले जनताको आकाङ्क्षा पूरा गर्ने हुनाले पार्टीका उम्मेदवारलाई मतदान गर्न उहाँले अपिल गर्नुभयो ।
वडा अध्यक्ष पदका उम्मेदवार माइलीमाया तामाङले देश र जनताको वास्तविक जनप्रतिनिधि भएर इमानदारीपूर्वक पार्टीको घोषणापत्रअनुसार सेवा गर्ने बताउनुभयो ।
उहाँले जनतालाई धोका दिनेहरू जनताबाटै तिरस्कृत हुने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेमकिपा नुवाकोटका बुद्ध लामाले पनि बोल्नुभएको थियो । उम्मेदवारी दर्ता कार्यक्रम विभिन्न नारासहित देशभक्तिपूर्ण गीतसहित ¥याली गरेर सम्पन्न भएको थियो ।
Leave a Reply