वाग्मती प्रदेश प्रमुख देवकोटा भक्तपुर बचत र भक्तपुर आदर निकेतनको अवलोकनमा
- जेष्ठ २९, २०८३
भक्तपुर, ७ मंसिर । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ, सूर्यविनायक नगर समितिले शुक्रबार शिक्षक भेला गरेको छ ।
अक्टोबर समाजवादी क्रान्तिको सन्दर्भमा गरिएको उक्त कार्यक्रममा नेपाल प्राध्यापक समाजका केन्द्रीय अध्यक्ष सरोजराज गोसाईले अक्टोबर समाजवादी क्रान्तिको शिक्षा लिएर नेक्राशिसङ्घले गरिबका छोराछोरीलाई राम्रो शिक्षा दिने अभियान अगाडि बढाएको धारणा राख्नुभयो ।
उहाँले समाजवादउन्मूख संविधानको भावना सार्थक बनाउन अक्टोबर क्रान्तिपछि सोभियत सङ्घले गरेको शैक्षिक क्रान्तिबाट सिक्नुपर्ने भन्दै शिक्षालाई उत्पादन श्रमसँग जोड्न नसकिएकै कारण नेपालको आर्थिक विकास नभएको भनाइ राख्नुभयो ।
अतिथि गोसाईले सोभियत क्रान्तिपछि नादेज्दा क्रुप्सकायाले शिक्षाको विकासको नेतृत्व लिएको चर्चा गर्दै सोभियत सङ्घले सबभन्दा पहिले सबैको निम्ति शिक्षा तथा बहुप्राविधिक शिक्षाको नीति लिएको विचार राख्नुभयो । उहाँले समाजवादी मूल्य सिकाउने शिक्षा नीति नेपाली सन्दर्भमा पनि उपयुक्त भएको भन्दै शिक्षाले समाजवादी उद्देश्यप्रति प्रतिबद्ध युवा तयार पार्नुपर्ने तर्क गर्नुभयो । उहाँले आलोचनात्मक तथा सृजनशील चिन्तनबिनाको शिक्षाको अर्थ नभएको भन्दै सोभियत सङ्घले क्रान्तिपछि महिला शिक्षामा फड्को मारेको भनाइ राख्नुभयो ।
नेक्राशिसङ्घ, ज्योति माविका अध्यक्ष शिक्षक कृष्णलाल न्हेमाफुकीको सभापतित्वमा सम्पन्न कार्यक्रममा ज्योति माविका प्रअ मिलन कायस्थ, शिक्षक शुभद्रा लघु, शिक्षक सुरेश बखुन्छेले अक्टोबर क्रान्तिबाट सिक्नुपर्ने विचार राख्नुभयो ।
Leave a Reply