१ वडामा युवा विद्यार्थीबिच मैत्रीपूर्ण फूटबल प्रतियोगिता सम्पन्न
- माघ २७, २०८१
भक्तपुर, ७ मङ्सिर । भक्तपुर महोत्सवको तयारीको क्रममा भक्तपुर नगरपालिकाको आयोजनामा शुक्रबार नगरपालिकाको सभाहलमा खेलाडी भेला सम्पन्न भयो ।
भेलामा भक्तपुर नगरपालिकाका उपप्रमुख एवं भक्तपुर महोत्सवका अतिथि सत्कार समितिका संयोजक रजनी जोशीले पुर्खाले सिर्जेर राखेको कला, संस्कृति, परम्परा तथा सम्पदालाई संरक्षण गर्न चुनौती भएकोले महोत्सवले त्यसलाई सहजीकरण गर्ने हुँदा सम्पूर्णमा हातेमालो गर्न आह्वान गर्नुभयो ।
भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटन, कला, संस्कृति र सम्पदा संरक्षणका लागि गर्दै आएका विभिन्न पहलका कारण भक्तपुरलाई नेवार संस्कृतिको जगेर्ना गर्ने थलोको रूपमा लिने गरेको उहाँले बताउनुभयो । उहाँले आधुनिकताको नाउँमा समाजमा विकृति फैलिरहेको हुनाले त्यसलाई न्यूनीकरण गर्नुका साथै भक्तपुर महोत्सवले स्थानीय उत्पादन र मौलिक सीपलाई टेवा पु¥याउने बताउनुभयो ।
उहाँले महोत्सवका विभिन्न आकर्षणमध्ये शैक्षिक प्रदर्शनी, पुस्तक प्रदर्शनी र बालमैत्री गतिविधिले ख्वप विश्वविद्यालय सञ्चालनको तयारीलाई झल्काउने बताउँदै भक्तपुरको पहिचानलाई उजागर गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्नेछ भन्नुभयो । उहाँले भक्तपुर महोत्सवमा पाल्नुहुने अवलोकनकर्ता एवं अतिथिहरूमा नगरवासीको नाताले राम्रो व्यवहार र सत्कार गर्नाले महोत्सवलाई अविस्मरणीय बनाउने हुँदा यसको जिम्मेवारी बहन गर्नुपर्ने बताउनुभयो ।
भनपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले जनप्रतिनिधि र जनताबिच नङ र मासुको सम्बन्ध हुनुपर्ने बताउँदै महोत्वसमा खेलाडीहरूको प्रदर्शनी र प्रतियोगिताले महोत्सवको थप आर्कषण हुने बताउनुभयो । भक्तपुर नगरपालिकाले खेलकुद क्षेत्रको विकासमा गरिरहेको प्रयासलाई महोत्सवमा प्रत्यक्षरूपमा देख्न पाउने गरी खेलाडीहरूले तयारी गर्नुपर्ने बताउँदै नियमित अभ्यासले स्वास्थ्यका लागि लाभ हुनेछ, उहाँले भन्नुभयो ।
भनपा वडा नं. १ वडाध्यक्ष श्यामकृष्ण खत्रीले कार्यक्रममा उपस्थित सम्पूर्णमा स्वागत गर्दै महोत्सवमा खेलाडीहरूले आवश्यकताअनुसार स्वयम्सेवकको भूमिका निर्वाह गर्न तयारी हुनुपर्ने बताउनुभयो ।
भक्तपुर महोत्सव सचिवालयका संयोजक गौतमप्रसाद लासिवाले महोत्सवको तयारीको विषयमा जानकारी दिनुभयो भने युवा तथा खेलकुद समितिका सदस्य रामसुन्दर बासीले पनि बोल्नुभएको थियो ।
Leave a Reply