भर्खरै :

भेनेजुयलामा फासीवादविरोधी युवा विश्व सम्मेलन सम्पन्न

भेनेजुयलामा फासीवादविरोधी युवा विश्व सम्मेलन सम्पन्न

काराकस, ९ मङ्सिर (टेलेसुर) । स्थानीय समयअनुसार शनिबार भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोले काराकसमा आयोजित फासीवादविरोधी युवा तथा विद्यार्थीहरूको विश्व सम्मेलन समापन सत्रको आतिथ्य ग्रहण गर्नुभएको छ ।
दुई दिनसम्म, भेनेजुयलाको राजधानीमा ७२ देशका १,००० भन्दा बढी युवाहरू भेला भएका थिए । उहाँले विश्वव्यापीरूपमा अति दक्षिणपन्थी चरमपन्थको विपत्तिविरुद्ध युवा एकता प्रवद्र्धन गर्ने तरिकाहरूबारे छलफल गर्नुभएको थियो ।
राष्ट्रपति मादुरोले सम्मेलनमा सहभागीहरूलाई शान्ति, सार्वभौमसत्ता र राष्ट्रहरूको स्वतन्त्रता जोगाउन लाग्न आग्रह गर्नुभयो । उहाँले जनवरी ८, २०२५ मा भेनेजुयलामा भव्य विश्व फासीवादविरोधी महोत्सव आयोजना गर्ने प्रस्तावलाई अनुमोदन गर्नुभयो ।
“विश्वभरका नेता, युवा, मजदुर, र किसानहरूलाई जनवरी १० मा महोत्सव उद्घाटनमा भेनेजुयलाका फासिवादविरोधी जनतामाझ सामेल हुन आउनुहोला ¤” बोलिभारियाली नेताले भेनेजुयलामा शान्ति कायम हुने कुरामा जोड दिँदै घोषणा गर्नुभयो ।
“उनीहरूले हामीलाई हराउन सकेका छैनन् र गर्ने छैनन्, “मदुरोले भेनेजुयलाका जनताविरुद्ध संरा अमेरिका र उसका सहयोगीहरूले एक दशकभन्दा बढी समयदेखि लगाएको मनमानीपूर्ण प्रतिबन्धहरूको सन्दर्भमा भन्नुभयो ।
भेनेजुयलाका जनताको इच्छालाई वैधानिक बनाउन संज्ञानात्मक युद्ध र आर्टिफिसियल इन्टेलिजेन्स रणनीतिहरू प्रयोग गरेर जुलाईमा भएको राष्ट्रपति चुनावमा ती कलाकारहरूले ‘साइबर–फासीवादी सत्ताविप्लव’ को प्रयास गरेका थिए भनी उहाँले उपस्थितहरूलाई स्पष्ट पार्नुभयो ।
फासीवादविरोधी युवा र विद्यार्थीहरूको विश्व सम्मेलनको समापनको क्रममा, बोलिभारियाली गणतन्त्रका नेताले भेनेजुयलाको सङ्घर्षप्रति विश्वका युवाहरूको उत्साह र समर्थनको उच्च मूल्याङ्कन गर्नुभयो ।
“तपाईँ सानै भए पनि भेनेजुयलाका जनताको क्रान्तिकारी, साम्राज्यवाद र फासीवादविरोधी सङ्घर्षको लागि धेरै प्रशंसा, माया र समर्थन महसुस गर्न सक्नुहुन्छ, जुन विश्वव्यापीरूपमा प्रशंसनीय छ,” मादुरोले साम्राज्यवादविरुद्धको लडाइँमा अन्तर्राष्ट्रिय एकताको महत्वलाई जोड दिँदै भन्नुभयो ।
“यो लडाइँमा हामीसँग उभिने संसारका मानिसहरूले हाम्रो दिमाग र हृदयलाई छुन्छ । फेरि, तिनीहरूले हामीमा ऊर्जा नवीकरण गर्छन् र हामीलाई देखाउँछन् कि हामी इतिहासको सही पक्षमा छौँ– शान्ति र जीवनको पक्षमा ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *