भर्खरै :

छोलेश्वर महादेव कृषि सहकारी संस्था लि.को दसौँ साधारणसभा

छोलेश्वर महादेव कृषि सहकारी संस्था लि.को दसौँ साधारणसभा

भक्तपुर, ९ मङ्सिर  । छोलेश्वर महादेव कृषि सहकारी संस्था लिमिटेडको दसौँ वार्षिक साधारणसभाको भक्तपुर नपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले उद्घाटन गर्नुभयो ।
संस्थाका अध्यक्ष श्यामकृष्ण बासुकलाको सभापतित्वमा भएको सो कार्यक्रममा प्रमुख अतिथि सुवालले समसामयिक विषय तथा संस्थाको प्रगतिको कामना गर्नुभयो ।
अन्य जिल्ला कृषि सङ्घका उपाध्यक्ष, भिन्तुना साकोसका कोषाध्यक्ष, ख्वप बचतका अध्यक्षले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
संस्थाका उपाध्यक्ष नारांमान डथेपुथेले स्वागत मन्तव्य व्यक्त गर्नुभयो ।
बन्द सत्रमा लेखा समितिका संयोजक तुलसीराम सुवालले आफ्नो मन्तव्य, सचिव दीपक बासुकलाले प्रगति प्रतिवेदन, कोषाध्यक्ष पुण्यराम बासुकलाले प्रगति विवरण प्रस्तुत गर्नुभयो । सभापति बासुकलाले समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *