भर्खरै :

कीर्तिपुरको चोभारमा घरदैलो र कोणसभा

कीर्तिपुरको चोभारमा घरदैलो र कोणसभा

काठमाडौँ, ९ मङ्सिर । नेपाल मजदुर किसान पार्टी कीर्तिपुर नगर उपनिर्वाचन समितिको आयोजनामा आइतबार कीर्तिपुर नगरपालिका वडा नं. ६ चोभारमा कोणसभा भयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले यो उपनिर्वाचनमा सोचविचार गरेरमात्र अमूल्य मत दिन आग्रह गर्नुभयो ।
कीर्तिपुरको जनताको सेवा नगर्ने दलका उम्मेदवारलाई हराएर जवाफ दिनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “२६ अर्ब ऋण बोकाउने, देश विकासको नाममा भ्रष्टाचार गर्ने दलहरूले जनताको सेवा गर्नेछैनन्, जनताले त्यस्ता पार्टीलाई चिन्नु जरूरी छ ।”
नेमकिपाका उम्मेदवारले विजय हासिल गरेमा उदाहरणीय नगरपालिका बनाएर जनताको सेवा गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।
आइतबार वडा नं. १, २, ३, ६, ७ र १० मा घरदैलो कार्यक्रम गरी नेमकिपाको प्रतिबद्धता पर्चा वितरण गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *