यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर । राष्ट्रिय पुनः निर्माण प्राधिकरणको प्राविधिक सहयोग तथा भक्तपुर नगरपालिकाको आयोजनामा भूकम्प प्रतिरोधी भवन निर्माणसम्बन्धी एक हप्ते तालिम शनिबार सम्पन्न भएको छ ।
तालिमको समापन कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले नगरको ऐतिहासिक एवं साँस्कृतिक पहिचानलाई कायम गर्नुका साथै भूकम्प प्रतिरोधी घर निर्माणलाई प्राथमिकता दिएर नै नक्सापास सम्बन्धि कार्यविधि तयार गरेको बताउनुभयो । उहाँले नगरपालिकाले तोकेको मापदण्ड बमोजिम नै नक्सा पास गरी नक्सा बमोजिम घर निर्माणका लागि डकर्मीहरुलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘डकर्मीहरु अनुभवका इन्जिनियरहरु हुन् र उनीहरुमा शैक्षिक प्रमाणपत्र नभएपनि इन्जिनियर जतिकै प्राविधिक ज्ञान हुन्छ ।’
उहाँले पूँजीवादी व्यवस्थामा डकर्मी, सिकर्मी जस्ता कालीगढहरु आफू छानाविनाको घरमा बसेर पनि अरुका गगनचुम्बी र आलिसान घर बनाउन सस्तो ज्यामी बन्नुपर्ने अवस्था रहेको चर्चा गर्दै श्रमलाई माया गर्ने र श्रमिकप्रति सम्मान गर्ने वातावरण भएमा मात्र कामदारहरुले सम्मानित जीवन यापन गर्न पाउने बताउनुभयो ।
भनपा ७ नं. वडाका अध्यक्ष एवं निर्माण समितिका संयोजक उकेश कवांले अनियमित निर्माणको कारण नगरपालिकालाई जरिवाना तिर्दैमा उक्त निर्माण नियमसम्मत हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गर्दै मापदण्ड अरुको लागि नभई आफ्नै लागि भएको बताउनुभयो । शहरी विकास तथा भवन विभागका प्रमुख मिलन आचार्य र राष्ट्रिय पुनः निर्माण प्राधिकरणका अजय गेलालले तालिमको महत्वबारे जानकारी गराउनुभयो ।
कार्यक्रममा प्रशिक्षकको तर्फबाट सम्झना मानन्धर र प्रशिक्षार्थीको तर्फबाट कृष्णप्रसाद गोसाईले पनि आ आप्mनो धारणा व्यक्त गर्नुभयो ।
Leave a Reply