भर्खरै :

एङ्गेल्स जयन्ती मनाइयो

एङ्गेल्स जयन्ती मनाइयो

जुम्ला, १५ मङ्सिर । नेपाल मजदुर किसान पार्टी जुम्ला जिल्ला समितिले एङ्गेल्स जयन्तीको अवसरमा कार्यकर्ता भेला ग¥यो ।
भेलामा पार्टी जिल्ला अध्यक्ष पूर्णलाल खत्रीले विश्व कम्युनिस्ट आन्दोलनका नेताहरूको कामदार जनताको पक्षमा भएका सङ्घर्ष र योगदानको पार्टी कार्यकर्ताहरूले अनुशरण गरी व्यवहारमा ल्याउनु जरुरी छ भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टीको सिद्धान्त र विचार दूरदराजका गाउँ बस्तीसम्म पु¥याउन पार्टी प्रकाशन एक माध्यम भएकोले पार्टी प्रकाशन अध्ययन र अन्तरक्रियामा जोड दिनुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष खत्रीले शासक दलका नेताहरूले नेपाली जनतालाई ऋणको भारी बोकाइरहेको बताउनुभयो ।
निर्वाचनमा मतदातालाई पैसा र सामान बाँडेर जितेका नेताहरूले जनताको कुनै पनि दुःखमा साथ नदिने उदाहरण भएको बताउँदै देश आत्मनिर्भर बनाउन नारा होइन स्वदेशमै युवालाई काम दिनुपर्छ भन्नुभयो ।
भेलामा नेपाल मजदुर किसान पार्टी जुम्ला जिल्ला समितिका सदस्यहरू राजेश्वर देवकोटा, यज्ञबहादुर बुढथापा, धनबहादुर रावत र सन्तबहादुर खत्रीले एङ्गेल्सको जीवनीको बारेमा आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *