भर्खरै :

पुँजीवादी व्यवस्था रहेसम्म शोषण र अन्याय कायम रहने

पुँजीवादी व्यवस्था रहेसम्म शोषण र अन्याय कायम रहने

राप्ती, १५ मङ्सिर । “अहिलेको गणतान्त्रिक व्यवस्था पुँजीवादी भएकोले नाफामुखी हुन्छ । यो व्यवस्था रहेसम्म शोषण र अन्याय कायम रहन्छ । व्यापक कामदारवर्गको व्यवस्था भनेको समाजवादी व्यवस्था हो, जुन सेवामुखी हुन्छ ।”
उक्त विचार नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नेमकिपा तेस्रो चितवन जिल्ला सम्मेलनको उद्घाटन समारोहमा शनिबार व्यक्त गर्नुभएको हो ।
“पुँजीवादी व्यवस्थामा निजीकरण हुन्छ । बहुदल आएपछि नेपालमा भएका कलकारखानाहरू सरकारले कौडीको मूल्यमा निजीलाई बिक्री ग¥यो । यो व्यवस्थामा सरकार पुँजीपतिहरूको सञ्चालक समिति हुन्छ ।” उहाँले अगाडि भन्नुभयो ।
उहाँले देशमा उत्पादन भयो भने मात्रै देश बन्ने हो, रेमिट्यान्सको भरमा देश बन्दैन र नेपालमा उत्पादनभन्दा भारतबाट आयात बढेको छ भन्नुभयो ।
पार्टीले लेनिनवादी नीतिअनुसार हरेक निर्वाचनलाई उपयोग गर्दै जनताको सेवामा निरन्तर लागिपरेको भन्दै उहाँले निर्वाचन जनताको चेतनास्तर नाप्ने व्यारोमिटर भएको बताउनुभयो ।
चीनको बीआरआइ भनेको विश्वलाई जलमार्ग, स्थलमार्ग र हवाईमार्गमा जोडेर गर्ने आर्थिक साझेदारी हो, त्यसमा कुनै सैनिक र राजनैतिक नीति नभएको उहाँले बताउनुभयो ।
उहाँले नेमकिपासँग विचार, सिद्धान्त, नैतिकता, अनुशासन भएकोले हामी कार्यकर्ताहरू शासक दलहरूसँग निरन्तर लड्न उत्साह प्राप्त भइरहेको पनि बताउनुभयो ।
सो कार्यक्रममा नेमकिपा रत्ननगरका विष्णु शर्मा, नेक्राकिसङ्घ चितवनका पदम थापामगर, नेक्रामजदुरसङ्घ चितवनका मोहनबहादुर चेपाङ, नेक्रामहिलासङ्घ चितवनका सुमित्रा महतो, नेक्राशिसङ्घ चितवनका सन्त बहादुर पाख्रिन, नेक्रायुसङ्घ चितवनका ज्ञानेन्द्र चेपाङ, नेक्राविसङ्घ चितवनका अर्जुन चेपाङलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
बन्दसत्रबाट हरिप्रसाद दुवालको अध्यक्षतामा नेमकिपा जिल्ला समिति चितवनको नयाँ समिति निर्वाचित भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *