भर्खरै :

चीन–मध्य एसियाका विदेशमन्त्रीहरूको पाँचौँ बैठक छेन्दुमा आयोजित

चीन–मध्य एसियाका विदेशमन्त्रीहरूको पाँचौँ बैठक छेन्दुमा आयोजित

पेइचिङ, २ डिसेम्बर (सीआरआई) । चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले सछ्वान प्रान्तीय छङ्तुमा चीन–मध्य एसिया विदेशमन्त्रीहरूको पाँचौँ वार्ताको अध्यक्षता गर्नुभएको छ । सो वार्तामा कजाकिस्तानका उपप्रधानमन्त्री एवं विदेशमन्त्री नुर्त्रेउ, किर्गिस्तानका विदेशमन्त्री कुलुबायेव, ताजिकिस्तानका विदेशमन्त्री मुख्रिद्दिन, तुर्कमेनिस्तानका उपप्रधानमन्त्री एवं विदेशमन्त्री मेरेदोभ र उज्बेकिस्तानका विदेशमन्त्री सैदोभको सहभागी हुनुभयो ।
चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले सम्बोधन गर्दै यसरी भन्नुभयो, “गत वर्ष मे महिनामा सिआनमा पहिलो चीन–मध्य एसिया शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न भयो र यसले चीन–मध्य एसिया सम्बन्धको विकासमा नयाँ युगको सुरुवात गर्यो । चीन–मध्य एसिया सहयोगको व्यापक र दिगो विकासलाई अघि बढाउन चीन मध्य एसियाली देशहरूसँग काम गर्न तयार छ ।”
सहकार्यबारे वाङ यीले भन्नुभयो, “पहिलो, राष्ट्रप्रमुखको नेतृत्वलाई पालना गर्नु । दोस्रो, विकासको प्राथमिकतालाई पालना गर्नु । तेस्रो, सुरक्षा र खतरा साझा गर्न जोड दिनु । चौथो, पुस्तौँ पुस्ता युगीन मित्रतालाई कायम राख्दै जानु । पाँचौँ, बहुपक्षीयतालाई कायम राख्नु ।”
मध्य एसियाका पाँच देशका परराष्ट्रमन्त्रीहरूले चीनले अघि सारेको सहयोगका पहलकदमप्रति आफ्नो सहमति जनाउँदै साझा भविष्यसहितको मध्य एसिया–चीन संयुक्त भाग्य समुदाय निर्माणका लागि चीनसँग मिलेर काम गर्न इच्छुक रहेको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *