भर्खरै :

प्रदेश नं ५ को प्रदेशसभा बैठक माघ २१ गते

बुटवल, १३ माघ (रासस) ः संघीय संरचनाअनुसारको प्रदेश संसदअन्तर्गत प्रदेश नं ५ मा प्रदेशसभाको बैठक यही माघ २१ गते बस्ने भएको छ ।
नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम ५ नं प्रदेश प्रमुख उमाकान्त झाले बैठकको आह्वान गर्नुभएको प्रदेश प्रमुख कार्यालयका सचिव सनतकुमार दवाडीले जानकारी दिनुभयो ।
बैठक प्रदेशसभा सचिवालय भवन बुटवल उद्योग वाणिज्य संघको सभाहलमा बस्ने भएको छ । बैठक उक्त दिन अपराह्न १ बजे बस्ने प्रदेश प्रमुख कार्यालय सचिव दवाडीले जानकारी दिनुभयो ।
प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । उहाँले प्रदेश प्रमुखले दलहरूबीच छलफल गरी बैठकको मिति तय भएको जानकारी दिँदै आइतबार बैठकको औपचारिक सूचना जारी गरिने बताउनुभयो ।
संविधानको धारा १८४ उपधारा १ मा प्रदेश प्रमुखले प्रदेशसभाको बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थितिको आह्वान गर्न सक्ने उल्लेख छ ।
प्रदेशसभा बैठकका लागि संसद् सचिवालय बुटवल उद्योग वाणिज्य संघ परिसर र सभाहलमा तयारी भइरहेको र संसद् संचालका लागि केन्द्रबाट खटिएका कर्मचारीसमेत आउने क्रममा रहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *