भर्खरै :

नेकाँ र एमाले नेताहरु बिजुक्छें निवासमा

भक्तपुर, १३ माघ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) सँग वरिष्ठ अधिवक्ताद्वय कृष्णप्रसाद भण्डारी र राधेश्याम अधिकारीले शनिबार भेट गर्नुभयो । भेटमा राष्ट्रियसभाको चुनाव, राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिबारे छलफल भयो । अधिकारीे प्रदेश नं. ३ वाट नेकाको राष्ट्रियसभा सदस्यका उम्मेदवार पनि हुनुहुन्छ ।
नेमकिपाले प्रदेश नं. ३ बाट राष्ट्रियसभा सदस्यमा महिलामा गीता काफ्ले, अन्यमा कृष्णबहादुर तामाङ, दलितमा श्यामु विसुंके र अपा· वा अल्पसङ्ख्यकमा हिमालयश्वरलाल मूललाई उम्मेदवार बनाएको छ ।
नेका उम्मेदवार अधिकारीले एकल सङ्क्रमणीय निर्वाचन प्रणालीमा नेमकिपाको दोस्रो प्राथमिकताको मत आफूलाई दिन अध्यक्ष बिजुक्छेंसँग आग्रह गर्नुभयो । अध्यक्ष बिजुक्छेंले पार्टीमा सल्लाह गरेर जवाफ दिने बताउनुभयो । भेटघाटमा नेमकिपाका सचिव पे्रम सुवाल र कानुन व्यवसायी जगन्नाथ श्रेष्ठको पनि उपस्थिति थियो ।
माघ १२ गते अध्यक्ष बिजुक्छेंसँग एमालेका नेताहरू माधवकुमार नेपाल, सुवास नेम्वाङ र सुरेन्द्र पाण्डेले राष्ट्रियसभा सदस्यको चुनावमा दोस्रो प्राथमिकताको मत दिन आग्रह गर्नुभयो । नेमकिपाले सिद्धान्तहीन गठबन्धन नगर्ने स्पष्ट गर्दै आएको हो । नेका, एमाले र माओवादी केन्द्र नामले फरक भए पनि सरकारमा पुगेर गर्ने काम उस्तै भएको पनि पुष्टि भइसकेको बारे सबै जनता अवगतै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *