जारशाही संसद्मा बोल्शेभिक सांसद – ५
- कार्तिक २३, २०८२

अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूको हक अधिकारको सुनिश्चितता गर्न, जनमानसमा चेतना फैलाउन, उनीहरूको पहिचान, आत्मसम्मान र स्वाभिमानलाई विश्वभर उठाउन सन् १९९२ देखि अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउन थालिएको हो । आजको दिनमा विभिन्न कार्यक्रम, गोष्ठी र ¥यालीको आयोजना गरिन्छ । समानता र हौसलाको नारा गुञ्जायमान हुन्छ । वर्षभरि यी आवाज गुन्जिरहून् भन्ने कामना छ ।
विश्वभर अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवद्र्धन गर्ने उद्देश्यले सन् १९७६ मा संयुक्त राष्ट्र सङ्घले सन् १९८१ लाई ‘पूर्ण सहभागिता र समता’ भन्ने मूल नाराका साथ अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय वर्षको रूपमा मनाउने घोषणा ग¥यो ।
सन् १९८३ मा राष्ट्र सङ्घले अपाङ्गता भएका व्यक्तिहरूको अवसर, समानीकरण, पुनस्र्थापना र रोकथाममा जोड दिँदै अपाङ्गतासम्बन्धी दसवर्षे विश्व कार्ययोजना पारित गरी लागु ग¥यो । यसलाई विश्वभर प्रभावकारीरूपमा कार्यान्वयन गराउन सन् १९८३ देखि १९९२ सम्मको अवधिलाई अन्तर्राष्ट्रिय अपाङ्गता दशकको रूपमा घोषणा गरियो ।
सन् १९९२ मा उक्त अपाङ्गतासम्बन्धी दसवर्षे विश्व कार्य योजनाको कार्यान्वयन र उपलब्धिहरूको समीक्षा गर्दै सोही वर्षदेखि डिसेम्बर ३ लाई अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको रूपमा घोषणा गरी विश्वभर मनाउन थालियो । नेपालले पनि सन् १९९३ देखि हरेक वर्ष विभिन्न कार्यक्रमहरू गरी यो दिवस मनाउँदै आएको छ । सन् २०२४ को अपाङ्गता दिवस ३३ औँ अपाङ्गता दिवस रहेको छ ।
अपाङ्गता भएका व्यक्तिहरूको ३३ औँ अन्तर्राष्ट्रिय दिवसको अन्तर्राष्ट्रिय नारा Amplifying the leadership of persons with disabilities for an inclusive and sustainable future रहेको छ भने राष्ट्रिय नारा ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार’ रहेको छ ।
जनगणना २०७८ को नतिजाअनुसार नेपालमा कुल ६६,६६,९३७ परिवार रहेका छन् । यसमध्ये ५,५९,८३० परिवार (८.४ प्रतिशत) मा कुनै न कुनै प्रकारका अपाङ्गता भएका व्यक्तिहरू बसोबास गरेको देखिन्छ ।
नेपालको जनसङ्ख्या २,९१,६४,५७८ मध्ये जम्मा ६,४७,७४४ जनामा कुनै न कुनै प्रकारको अपाङ्गता देखिएको छ । जम्मा पुरुष जनसङ्ख्याको २.५ प्रतिशतमा र महिला जनसङ्ख्याको २० प्रतिशतमा अपाङ्गता रहेको छ । अपाङ्गता भएका कुल व्यक्तिमध्ये पुरूष ५४.२ प्रतिशत र महिला ४५.८ प्रतिशत रहेका छन् ।
देशको कुल जनसङ्ख्याको २.२ प्रतिशत व्यक्तिमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको छ । जनगणना २०७८ अनुसार भक्तपुर नगरपालिकामा १.३ प्रतिशत व्यक्तिमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको छ । अपाङ्गता भएका पुरुषहरूको प्रतिशत १.३ र महिलाहरूको प्रतिशत १.२ प्रतिशत रहेको छ । जनगणनाको प्रश्नावलीमा १२ प्रकारका अपाङ्गता भएका व्यक्तिहरू समावेश गरिएको थियो ।
यसमा शारीरिक अपाङ्गता, न्यून दृष्टियुक्त, दृष्टिविहीन, बहिरोपन, मनोसामाजिक अपाङ्गता, न्यून श्रवणशक्ति बहिरोपन एवं दृष्टिविहीन, मानसिक वा मनोसामाजिक, बौद्धिक अपाङ्गता, (हेमोफेलिया) अनुवंशीय रक्तश्राव, अटिजम र बहुअपाङ्गता रहेका छन् ।
अपाङ्गता भएका व्यक्तिको सबैभन्दा ठुलो समस्या पहिचानको रहेको छ भने त्यसपछि पहुँचको रहेको छ । अपाङ्गतालाई समान अवसरले सकारात्मक वातावरणका बिचमा राख्न सके सपाङ्गझैँ अथवा त्यो भन्दा धेरै व्यवस्थित ढङ्गले कुनै पनि चुनौतीको सामना गर्न सकिन्छ । अपाङ्गता विभिन्न किसिमको हुन्छ । हरेक प्रकारका अपाङ्गताका लागि विशेष प्रविधि र व्यवस्था जरुरी हुन्छ । सबैको ध्यान यसतर्फ पुग्न जरुरी छ । प्रत्येक स्थानहरू अपाङ्गमैत्री संरचना हुन जरुरी छ । यसमा भक्तपुर नगरपालिकाको ध्यान आकृष्ट भएको छ । नगरपालिकाले निर्माण गर्ने संरचनाहरूमा पनि अपाङ्गमैत्री बनाउन पहल भइरहेको यहाँहरूलाई अवगत गराउन चाहन्छु ।
हरेक वर्ष नेपाल सरकारलगायत विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूले अपाङ्गताका लागि विभिन्न कार्यक्रमहरू आयोजना गर्छन् । यसै क्रममा भक्तपुर नगरपालिकाले विगत वर्षदेखि अपाङ्गता दिवस मनाउँदै आएको छ । भक्तपुर नगरपालिकाले अपाङ्गता क्षेत्रमा गर्दै आएका गतिविधिहरू बुँदागतरूपमा यसप्रकार रहेका छन् :
![]()
(अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा भक्तपुर नगरपालिकाका उपप्रमुख एवम् अपाङ्गता भएका व्यक्तिहरूको परिचयपत्र वितरणसम्बन्धी अस्थायी समन्वय समितिका संयोजक रजनी जोशीले मङ्गलबार व्यक्त गर्नुभएको मन्तव्य – सं.)
Leave a Reply