विश्वव्यापीकरणले ल्याउने अकाल
- कार्तिक १८, २०८२

हरित रूपान्तरण र जलवायु परिवर्तनलाई सम्बोधन गर्ने कार्यमा चीनले हासिल गरेको उपलब्धिलाई विश्वभर नै मान्यता दिइएको छ । यद्यपि, केही पश्चिमी सञ्चारमाध्यमहरूले जानाजानी आँखा चिम्लेर चीनको प्रयासलाई अत्यन्तै अहङ्कारी र सङ्कीर्ण मनोवृत्तिका साथ बदनाम गर्न खोजेका छन् । यसले वातावरणीय मुद्दाहरूमा पश्चिमको दोहोरो मापदण्डलाई पूर्णरूपमा उजागर गर्छ ।
सोमबार, भ्वाइस अफ अमेरिका (VOA) ले जलवायु परिवर्तनमा चीनको प्रतिक्रियाको आलोचना गर्दै एउटा लेख प्रकाशित ग¥यो । यसले तथ्यलाई बेवास्ता ग¥यो र सत्यलाई मोड्यो । लेखमा विश्वको दोस्रो ठुलो अर्थतन्त्र भए पनि चीनले अझै ‘विकासशील देश’ को रूपमा आफ्नो स्थिति कायम राखेकोमा आलोचना गरिएको छ । चीनले विकासशील देशहरूलाई आर्थिक सहायता प्रदान गर्ने कुनै दायित्व नभएको’ दाबी पनि लेखा गरिएको छ । लेखमा निराधार कुरा लेखिएको छ ।
भ्वाइस अफ अमेरिकाको परिप्रेक्ष्यमा विकसित पश्चिमी देशहरूले जलवायु समस्याहरूमा विकासशील देशहरूलाई सहयोग गर्न प्रदान गरेको आर्थिक सहयोगलाई उनीहरूको औद्योगिकीकरण र आधुनिकीकरणको क्रममा वातावरणीय क्षतिबाट उत्पन्न जिम्मेवारीको रूपमा हेरेका छैनन् । वैज्ञानिक अनुसन्धानले औद्योगिक क्रान्तिपछि विकसित देशहरूले उत्सर्जन गरेको ठुलो परिमाणमा हरितगृह ग्यासहरू जलवायु परिवर्तनको मुख्य कारण भएको पुष्टि गरेको छ भने विकासोन्मुख देशहरूले यसको असर बेहोरेका छन् । यद्यपि, जलवायु वित्त पोषणमा विकसित देशहरूको वास्तविक प्रदर्शन ‘धेरै हल्ला, थोरै कार्य’ भन्दा अलि बढी भएको छ ।
लन्डनस्थित ग्लोबल थिङ्क ट्याङ्क ओभरसिज डेभलपमेन्ट इन्स्टिच्युटको अनुसन्धानका अनुसार अमेरिकाले २०२२ मा जलवायु वित्तमा १४ अर्ब डलरमात्रै भुक्तान गरेको छ, जुन वाचा गरिएको कम्तीमा ४५ अर्ब डलरको अङ्कको हिस्साको एक तिहात्न्दा कम छ ।
विकसित पश्चिमी देशहरू आफ्ना प्रतिबद्धताहरू पूरा गर्नमा मात्र चुक्दैनन्, तर तिनीहरू विकासोन्मुख देशहरूलाई ‘नैतिक उच्च आधार’ बाट बारम्बार निन्दा पनि गर्छन् । हुझाउ विश्वविद्यालयको इन्स्टिच्युट फर सस्टेनेबिलिटीका प्राध्यापक जिया वेइलीले ग्लोबल टाइम्ससित भन्नुभयोे कि पश्चिमी देशहरूले विकासोन्मुख राष्ट्रहरूमा मानिसहरूले सामना गर्ने बाँच्नका चुनौतीहरूलाई बेवास्ता गर्छन्, उनीहरूको विकासका मुद्दाहरूलाई वातावरणीय संरक्षणसँग जोड्न र वातावरण संरक्षणमा उनीहरूको उपलब्धिलाई अस्वीकार गर्छन् ।
विकासोन्मुख देशहरूको आलोचना गर्दा विकसित राष्ट्रहरूले भूराजनीतिक उद्देश्यका लागि विश्वव्यापी हरित सहयोगलाई कमजोर बनाउँदै छन् । जियाको विश्वास छ कि यसले जलवायु परिवर्तनको विश्वव्यापी प्रतिक्रियामा ‘हरित शीतयुद्ध’ को प्रतिनिधित्व गर्दछ । हालैका वर्षहरूमा जलवायु तटस्थताको लक्ष्यको विपरीत ‘हरित शीतयुद्ध’ को मानसिकताले पश्चिममा देशहरूमा आकर्षण प्राप्त गरेको छ । ‘हरित शीतयुद्ध’ ले विश्वव्यापी हरित सङ्क्रमणको गतिलाई गम्भीररूपमा सुस्त बनाउनेछ ।
आज, केही पश्चिमी मिडिया आउटलेटहरूले जलवायु परिवर्तनको जिम्मेवारी चीनमा सार्न खोजिरहेका छन् । तर, अमेरिकी सञ्चारमाध्यमले यसलाई स्वीकार गरोस् वा नगरोस्, चीनलाई विश्वव्यापीरूपमा सबैभन्दा ठुलो विकासशील देशको रूपमा चिनिन्छ । विगत एक दशकमा चीनले आफ्नो विकासोन्मुख देशको हैसियतलाई अन्तर्राष्ट्रिय जिम्मेवारी पन्छाउने बहानाको रूपमा प्रयोग गरेको छैन । यसले विश्वव्यापीरूपमा बलियो छाप छोडेर वातावरणीय समस्याहरूलाई सम्बोधन गर्नमा ध्यान केन्द्रित गरेको छ । यसको विपरीत संरा अमेरिकाले आफ्नो जिम्मेवारीबाट पन्छिने र वातावरण संरक्षणमा आफ्ना कमजोरीहरूलाई बेवास्ता गरेको छ । ऊ चीनलाई गाली र आक्रमण पनि गर्छ । यसले गर्दा संरा अमेरिकाको दोहोरो मापदण्डको पर्दाफास हुन्छ ।
जलवायु परिवर्तनमा चीनको अडान निरन्तर स्पष्ट छ । यो ‘साझा तर भिन्न जिम्मेवारीहरू’ को सिद्धान्तलाई पालना गर्दै पेरिस सम्झौता कार्यान्वयन गर्न प्रतिबद्ध छ । चीनले जलवायु समस्या समाधानमा उल्लेखनीय प्रगति गरेको छ र यसलाई निरन्तरता दिनेछ । यदि पश्चिमी देश र तिनीहरूका मिडियाले आफ्नो जिम्मेवारी पन्छाउँदै चीनलाई बदनाम गर्न जारी राख्छन् भने यो पश्चिमी राष्ट्रहरूको बेइमानी हो ?
– ग्लोबल टाइम्स
अनुवाद : प्रकाश
Leave a Reply