जारशाही संसद्मा बोल्शेभिक सांसद–३
- कार्तिक २१, २०८२

आत्मनिर्भरतातर्फ अगाडि लम्किरहेको भक्तपुर नगरपालिकाले भक्तपुरको कला र संस्कृतिलाई विश्वमा प्रचार गर्न र यहाँको सांस्कृतिक तथा आर्थिक प्रवद्र्धन गर्ने उद्देश्यले मङ्सिर २८ देखि पुस २ गतेसम्म पाँचदिने भक्तपुर महोत्सवको आयोजना गर्दै छ । भक्तपुर नगरपालिका देशकै कला, संस्कृति र सांस्कृतिक सम्पदामा धनी नगरपालिका हो । शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षणमा आफ्नै खुट्टामा उभेर अगाडि बढेको नमुना नगरको रूपमा परिचित भएकोले देशभरका विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, कर्मचारी आदि अवलोकन र अनुभव लिन यहाँ आइरहेका छन् ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् दूरदर्शी नेता नारायणमान बिजुक्छेँ (रोहित) द्वारा लिखित ‘सय वर्षपछिको भक्तपुर’ मा भक्तपुर सहर बिहान परम्परागत पोशाक, गहना लगाएर मठ मन्दिरमा पूजा गर्न गइरहेको, भजन किर्तन गरिरहेको पवित्र भूमिजस्तो, दिउँसो विभिन्न विद्यालय, कलेजको पोशाकमा झोला बोकी विद्यार्थीहरू आवतजावत गरिरहेको खुला विश्वविद्यालयजस्तो र साँझ परम्परागत तथा कलात्मक बत्तीमा सांस्कृतिक नाचगान गरिरहेको देशकै एउटा सफा, सुन्दर, शान्त, सभ्य, सुसंस्कृत नगर हुने परिकल्पनाअनुसारको भक्तपुर सहर बनाउन जनताको साथ र सहयोगमा भक्तपुर नपा अगाडि बढिरहेको छ ।
भक्तपुरलाई सुन्दर सहर बनाउन पुर्खाले सुम्पेर गएका सीप, कला, संस्कृति, परम्परागत बाजागाजा, गीत, नाच, भेषभूषाजस्ता उत्पादनहरूलाई प्रचारप्रसारमा ल्याएर जनताको आर्थिक स्तर उकास्ने भक्तपुर नपाले जनताको साथ र सहयोगमा महोत्सवलगायत कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । भक्तपुरको कला, संस्कृति, मठमन्दिर, दरबार, बिहार, पोखरी, ढुङ्गेधारा, पाटी आदिको अवलोकन गर्न देश–विदेशबाट पर्यटकहरूको घुइँचो लाग्छ । यसले यहाँका जनताको आर्थिक विकासमा पनि टेवा पुगेको छ ।![]()
त्यसो त भक्तपुर नपाले ७ वटा महोत्सव र पदयात्रा कार्यक्रमहरू जनताको व्यापक सहभागितामा सम्पन्न गरिसकेको छ । नपाले विसं २०५४ कार्तिक ६–१० गतेसम्म पाँचदिने प्रथम भक्तपुर महोत्सव, विसं २०६९ असोज ६ गते एकदिने भक्तपुर सडक महोत्सव, विसं. २०७६ पुस १६ गते सन्ध्याकालीन सांस्कृतिक पदयात्रा, विसं २०७९ चैत १८–१९ गते दुईदिने सम्पदा पदयात्रा, स्थानीय उत्पादन तथा घरेलु मेला र विसं २०८० साउन २० गते भक्तपुरका पोखरीहरूको दृश्यावलोकन पदयात्रा मेला र पुस १४ गते भक्तपुरका बहाबही (बिहार) हरूको पदयात्रा सम्पन्न गरिसकेको छ भने मङ्सिर २८ गतेदेखि पुस २ गतेसम्म पाँचदिने भक्तपुर महोत्सव हुँदै छ । देश बनाउनको लागि यस्ता महोत्सवहरू भक्तपुर नगर र अन्य पालिकाहरूले पनि समय–समयमा आयोजना गर्दै जाने जनताले अपेक्षा गर्नु स्वाभाविक हो ।
२०५४ (कार्तिक ६–१०) को पाँचदिने भक्तपुर महोत्सवको माहोल बेग्लै थियो । उद्घाटन र समापन दुवै भक्तपुर दरबार क्षेत्रमा भएको थियो । साबिक १ वडा (वर्तमान ९ वडा) देखि साबिक १७ वडा (वर्तमान १ वडा) सम्मका स्थानीय वडा, टोल, नगरवासीहरूले उत्साहका साथ आफूहरूसँग भएका परम्परागत भेषभूषा, गरगहना, धातु र माटाका भाँडाहरू, बाजागाजा, नाचगान, चिउरा कुट्ने, धान कुट्ने, ढिकी, जाँतो आदिको प्रदर्शन गरिएको थियो । त्यस महोत्सवमा ढुङ्गा, माटो, सुन, चाँदी, पित्तल, तामा, कपडा आदिका हस्तकलाहरूको प्रदर्शन भएको थियो । साबिक वडा नं. ४ (हाल वडा नं. ४) कै बोलाछेँ, तालाक्वमा त्यहाँ प्रजापति दाजुभाइ – दिदीबहिनीहरूले माटाका कलात्मक भाँडाकुँडाहरू बनाउने तरिकासमेत प्रदर्शन गरेका थिए । यता साबिक वडा नं. १ (हाल वडा नं. ९) स्थित सूर्यमढीमा पनि त्यहाँका प्रजापतिहरूले त्यस्तै कलात्मक माटाका भाँडाकुँडाहरू बनाएर प्रदर्शन गरेका थिए । ती दुवै क्षेत्रमा कलात्मक माटाका भाँडाहरू बनाएर प्रदर्शन गरेको अवलोकन गर्न आउने दर्शक पाहुनाहरूको घुइँचो नै लागेको थियो । भक्तपुर दरबार क्षेत्र, टौमढी, दत्तात्रय र विभिन्न पोखरीलगायतका क्षेत्रहरू अवलोकन गर्ने, फोटो खिच्नेको भीड नै थियो । महोत्सवको पाँचै दिन जात्रामा जस्तै भक्तपुरको परम्परागत पोशाक (हाकुपटासी, दौरा सुरुवाल) मा सजिएर सांस्कृतिक सम्पदाको प्रदर्शनी र महोत्सवलाई आ–आफ्नो ठाउँबाट सघाएका थिए । यसले भक्तपुर नपा र भक्तपुरको विकासका तस्बिरहरू, भक्तपुरका कला, संस्कृति, घरेलु र हस्तकलाका उत्पादनहरू आन्तरिक तथा बाह्य पाहुनाहरूलाई देखाउने अवसर प्राप्त भयो । महोत्सवले भक्तपुर नपालाई पुर्खाले सिर्जेको सम्पत्ति, कला र संस्कृतिको जगेर्ना गर्न र भक्तपुरका जनताको सांस्कृतिक, आर्थिक एवम् शैक्षिक स्तर उकास्न ऊर्जा वा हौसला प्राप्त भएको भक्तपुर नपा र जनता विश्वास गर्दछन् ।![]()
मङ्सिर २८ – पुस २ गतेको भक्तपुर महोत्सव अझ विशेष र व्यापक खालको हुने देखिन्छ । महोत्सवको तयारी त्यसअनुसार द्रुतगतिमा भइरहेको देखिन्छ । नगर प्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा गठित भक्तपुर महोत्सव सचिवालयको सक्रियता र चहलपहलले त्यसको कास्टिङ (छनक) दिएको छ । यसले पहिलाको महोत्सवभन्दा भिन्नै नयाँपन र व्यापकता दिनेछ । यो महोत्सव भक्तपुर नपाले भक्तपुरका जनता, सञ्चारकर्मी, कलाकर्मी, संस्कृतिकर्मी, सुरक्षाकर्मी, प्रशासन, किसान, मजदुर, बुद्धिजीवी, पत्रकारलगायतका विभिन्न क्षेत्रका सहयोगी हातहरूको साथ र सहयोगमा सम्पन्न गर्दै छ । पाँचदिने महोत्सवले भक्तपुरलाई अझ सुन्दर बनाउनेछ । महोत्सवको समय, अवधि, अभिरुचि, अवलोकन अध्ययन गर्ने पाहुनाहरूको लागि छोटो या कम हुने अनुमान लगाउन गा¥हो छैन । यसको सङ्केत महोत्सव सचिवालयले महोत्सवमा प्रदर्शन गरिने निम्न आकर्षणले पनि दिएको छ ।
१. सांस्कृतिक कार्यक्रम – लाय्कू (दरबार क्षेत्र), क्वाठण्डौ, दत्तात्रय, टौमढी र नगरको विभिन्न स्थानमा प्रगतिशील भजन प्रदर्शनी हुनेछ ।
२. नगरा वादन – लाय्कू (दरबार क्षेत्र) मा प्रदर्शन हुनेछ ।
३. पौभा र तस्बिर प्रदर्शनी – तब सत्तः, पचपन्न झ्याल चोक (लाय्कु) र वाँचुत्वःमा हुनेछ ।
४. चित्रकला, छ्वालीकला र तस्बिर प्रदर्शनी – लाय्कु, थथुबहि र कुथुबहि (भक्तपुर मिनिबस पार्क) मा हुनेछ ।
५. परम्परागत पोशाक प्रदर्शनी – लाय्कू, टौमढी, दत्तात्रय र तः पुखु (सिद्धपोखरी) मा हुनेछ ।
६. खाना महोत्सव – यातुबारे पुखु (कमलविनायक), नाग पुखु, खलाँ, जेलाँ, खौमा र भाज्या पुखूमा हुनेछ ।
७. हलिमलि (गहुँ, मकै, भटमास आदि अन्नको कलाकृति) – छुमा गणेश (चोछेँ), वाकुपति नारायण, दत्तात्रय, गोल्मढी, याछेँ र टौमढीमा हुनेछ ।
८. परम्परागत वाद्यवादन सामग्री प्रदर्शनी – मुलाछेँ र वाकुपति नारायण स्थानमा हुनेछ ।
९. परम्परागत धागो रङ्गाउने – थालाछेँ (नागपुखू), गोल्मढी र तुलाछेँमा हुनेछ ।
१०. कुमारी (जीवित देवी) प्रदर्शनी – प्रशन्नशील महाविहार, क्वाठण्डौमा हुनेछ ।
११. दीपङ्कर बुद्ध प्रदर्शनी – प्रशन्नशील महाविहार (याताछेँ), झौरबहि (गोल्मढी), चतुर्ब्रह्म महाविहार (साकोठा), थथुबहि र कुथुबहि (भक्तपुर मिनिबस पार्क) मा हुनेछ ।
१२. नवदुर्गा प्रदर्शनी – नवदुर्गा द्यःछेँ, (गछेँ) मा हुनेछ ।
१३. शैक्षिक प्रदर्शनी – स्वप कलेज (देकोचा) र ख्वप इन्जिनियरिङ कलेज (लिबाली) मा हुनेछ ।
१४. नौका विहार – यातुबारे पुखु (कमलविनायक), तःपुखु, न्हुःपुखु र भाज्या पुखु, नःपुखुमा साइक्लिङ हुनेछ ।
१५. मृत्तिकाकलाको परम्परागत र नयाँ उत्पादनको जीवन्त प्रदर्शनी – सूर्यमढी र तालाक्वमा हुनेछ ।
१६. परम्परागत खेलकुद प्रदर्शनी र प्रतियोगिता – ब्यासी, भोलाछेँ, लाकुलाछेँ, तलातुंछी (वातिकुथि) मा हुनेछ ।
१७. नेवार जीवन शैलीको गतिविधि प्रदर्शनी – ब्यासी, ब्रह्मायणी द्यःछेँ, गछेँ, जेलाँ, नाग पुखू, गलसी पुखु, चोछेँ, देगमना, दुमलाचा र तपालाछीमा हुनेछ ।
१८. नौ बाजा प्रदर्शनी – सूर्यमढी (वाकुपतिनारायण), सःकोलान/दत्तात्रय, याछेँ, टौमढी र वंशगोपालमा हुनेछ ।
१९. दही महोत्सव – याछेँ, लालाछेँ, जेलाँ र स्वंगः लोहँ (चोर्चा) मा हुनेछ ।
२०. दीपावली – यातुबारे पुखु (कमलविनायक), तःपुखु र नगरभित्रका पोखरीहरूमा हुनेछ ।
२१. बौद्ध प्रकाशन र तस्बिर प्रदर्शनी – झौरबही (गोल्मढी) मा हुनेछ ।
२२. सहकारीहरूको गतिविधि प्रदर्शनी – याता (गोल्मढी) मा हुनेछ ।
२३. बालबालिका मैत्री गतिविधिहरू/सांस्कृतिक कार्यक्रम – सहिद स्मृति उद्यान र ल्योसिं ख्यः (खःलाँ) मा हुनेछ ।
२४. कृषि उत्पादनको व्यावसायिक प्रदर्शनी – पसिखेल (तरकारी बजार) मा हुनेछ ।
२५. घरेलु उत्पादन तथा हस्तकलाको जीवन्त प्रदर्शनी – नासमना, तेखापुखु र नःपुखुमा हुनेछ ।
२६. व्यापार मेला – ब्यासी (भनपा भवनअगाडि) र महेश्वरी खेल मैदान (पाँचाख्यः) मा हुनेछ ।
२७. पुस्तक प्रदर्शनी – लाँम्हुगः (कमलविनायक) मा हुनेछ ।
२८. बुद्ध अस्तु तथा बौद्ध दर्शनसम्बन्धी प्रदर्शनी – मुनिविहार (खँचा) मा हुनेछ ।
२९. विभिन्न खेलकुद गतिविधि तथा प्रदर्शनी – सहिद स्मृति खेल मैदानमा हुनेछ ।
३०. परम्परागत तोरीको तेल बनाउने प्रदर्शनी – सःकोलान (तचपाल) र इचाडोल (तेखाःचो) मा हुनेछ ।
३१. सांस्कृतिक जात्रा/पर्व संस्कृतिको नमुना प्रदर्शनी – गःहिटिमा हुनेछ ।
३२. परम्परागत वाद्यवादन प्रतियोगिता एवम् प्रदर्शनी – प्रदक्षिणा मार्गमा हुनेछ ।![]()
यो भक्तपुर महोत्सव आकर्षक, व्यापक हुने र सोको अवलोकन, अध्ययन, अनुसन्धान गर्न कला, संस्कृति, इतिहास, साहित्य, लेखक, पत्रकारलगायत विभिन्न क्षेत्रका पाहुनाहरू आउने कुरा अनुमान लगाउन सकिन्छ । यो महोसत्व सबै पालिकाको लागि नमुना हुनेछ । अरु थप नयाँ आकर्षण भनेको विद्यार्थी, बौद्धिक पाठकहरूका लागि लाँम्हुगः टोलमा पुस्तक प्रदर्शनी, ख्वप कलेजमा हुने विज्ञानलगायतका प्रदर्शनी, ख्वप इन्जिनियरिङमा हुने इन्जिनियरिङ र प्रविधिको प्रदर्शनी हुनेछ ।
देश बनाउने भनेको मुख्य देशभक्ति विचार र सिद्धान्त हो । त्यसअनुसार निःस्वार्थ भावना, इमान, नैतिकता, जिम्मेवार, समर्पण भएर अगाडि बढ्ने नेता, संस्था र दलले मात्र देशको विकास गर्न सक्छ ।
Leave a Reply