वागीश्वरी कलेज र कन्फ्युसियस इन्स्टिच्युटबिच सम्झौता
- कार्तिक २१, २०८२

भक्तपुर, २० मङ्सिर । भक्तपुरको वागीश्वरी कलेजमा पहिलोपटक वागीश्वरी महोत्सव आयोजना हुँदै छ । त्यसको तयारी शिक्षक र विद्यार्थीहरूले गर्न थालेका छन् । वागीश्वरी महोत्सव वागीश्वरी माध्यमिक विद्यालय, वागीश्वरी कलेज, वागीश्वरी कलेज अफ म्यानेजमेन्ट तीन वटा संस्थाको संयुक्त आयोजनामा कमलविनायकस्थित वागीश्वरी कलेजको प्राङ्गणमा हुने बताइएको छ ।
वागीश्वरी महोत्सव मङ्सिर २४ र २५ गते १० बजेदेखि ४ बजेम्म हुनेछ ।
“यो महोत्सवले भोलिका दिनमा अझ फरक तवरले अन्वेषणप्रति जागृत बनाउनेछ”, महोत्सव आयोजकका संयोजक एवम् कलेजका उपप्राध्यापक अबिना श्रेष्ठले भन्नुभयो । यसले अरू विद्यार्थीहरूलाई पृथक तवरले वागीश्वरीलाई चिन्न सहयोग मिल्नेछ ।
महोत्सवलाई सफल बनाउनका लागि विभिन्न क्षेत्रका विज्ञहरू पाल्नुहुनेछ । नेपाल उद्योग वाणिज्य महासङ्घ, अभिभावक सङ्घ, घरेलु तथा साना उद्योग सङ्घका प्रतिनिधिहरू पनि आउनुहुने बताइएको छ ।
महोत्सवमा राखेका स्टलहरूमध्येमा उत्कृष्ट स्टललाई पाहुना, विशेष पाहुना र प्रतिव्यक्ति किनमेलबाट छुट्याइनेछ । महोत्सवमा ५० भन्दा बढी स्टल समावेश हुनेछ र उत्कृष्टलाई पुरस्कार र स्टलमा सहभागी सम्पूर्णलाई प्रमाणपत्र दिइनेछ ।
Leave a Reply