जारशाही संसद्मा बोल्शेभिक सांसद–४
- कार्तिक २२, २०८२

तीस वर्षअघि ब्रसेल्समा सिन्क्वान्टेनेयर पार्क साँझको पैदल यात्राको लागि मेरो मनपर्ने ठाउँ बनेको थियो । राजसी विजयी आर्कले सुरुमा मलाई त्यसको भव्यताले मोहित बनाएको थियो । तैपनि, त्यसको इतिहासको जानकारी पाइसकेपछि बेल्जियमको औपनिवेशिक शक्तिको यो प्रतीकले मलाई निर्दयी शोषण र लुटपाटबाट बनेको विगतलाई मौन तवरमै सम्झाएको जस्तो लाग्छ ।
राजा लियोपोल्ड द्वितीय (१८३५–१९०९) को अधीनमा अफ्रिकी राष्ट्र कङ्गोमा श्रमको क्रूर शोषणको माध्यमबाट सञ्चित सम्पत्तिको साथ निर्माण गरिएको यो वास्तुकलाको चमत्कारले अँध्यारो विरासत बोकेको छ ।
यी भव्य संरचनाहरू कङ्गोली रबरको आम्दानीबाट लगानी गरिएको थियो, जुन त्यसबेला प्रसिद्ध थियो । गत नोभेम्बरमा ‘द गार्डियन’ मा प्रकाशित एउटा लेखअनुसार, बेल्जियमका एकजना समाजवादी राजनीतिज्ञले आफ्नो रबर कोटा पूरा गर्न असफल कङ्गोली कामदारहरूको पर्खाइमा परेको डरलाग्दो नियतिको सन्दर्भमा ‘विच्छेदन गरिएका हातहरूको आर्क’ को कुरा उल्लेख गरेका थिए ।
यो अनुभूतिले मेरो साँझको टहलको सम्झनामा जटिलताको एक तह थप्यो । मलाई औपनिवेशिक इतिहासका गाढा पक्षहरूमा प्रतिबिम्बित गर्न प्रेरित ग¥यो । तर, औपनिवेशिक शक्तिहरूले लुट्ने चीज मात्र धन हो त ?
बेल्जियमको पुनरावेदन अदालतले हालैको ऐतिहासिक निर्णयको प्रकाशमा यो ऐतिहासिक सम्झनाले नयाँ महत्व प्राप्त गरेको छ । अदालतले बेल्जियम राज्यलाई औपनिवेशिक कङ्गोमा पाँच मिश्रित जातका बालबालिकालाई आफ्ना आमाबाट जबरजस्ती अलग्ग गरेकोमा मानवताविरुद्धको अपराधमा दोषी पाएको छ ।
यो निर्णय उपनिवेशवादको गहिरो बसेको मनोवैज्ञानिक र सांस्कृतिक हिंसालाई स्वीकार गर्न र सुधार गर्ने दिशामा एक महत्वपूर्ण कदम हो ।
अहिले अदालतले यी पाँच महिलामध्ये प्रत्येकलाई तिनीहरूको सत्तरीको दशकको उमेरमा ५०,००० युरो प्रदान गर्यो । यी महिलाहरूलाई १९४८ र १९५३ को बिचमा व्यवस्थितरूपमा अपहरण गरियो, उनीहरूको घरबाट सयौँ किलोमिटर टाढा क्याथोलिक संस्थाहरूमा पठाइयो, तिनीहरूको पहिचान खोसियो र ‘पापका बच्चाहरू’ को रूपमा दर्ता गरियो ।
त्यस्ता नीतिको मनोवैज्ञानिक प्रभाव तत्काल पीडितहरूभन्दा परसम्म फैलिएको छ । यी बच्चाहरूलाई भौतिकरूपमा आफ्ना आमाहरूबाट मात्र अलग गरिएको थिएन । तर, तिनीहरूको अस्तित्वलाई समस्याग्रस्त मान्ने मूल्य प्रणालीलाई आन्तरिक बनाउन बाध्य पारिएको थियो ।
औपनिवेशिक शक्ति भौतिक नियन्त्रणबाट मात्र नभई मनोवैज्ञानिक प्रभुत्वको माध्यमबाट कसरी सञ्चालन हुन्छ भनेर देखाउँदै उनीहरूलाई उनीहरूको मिश्रित सम्पदाको लागि लज्जित महसुस गराइयो । यो मनोवैज्ञानिक बर्चस्वले उपनिवेशवादी संस्कृति र पहिचानलाई अपमानित गर्ने मूल्य प्रणाली थोपर्ने, औपनिवेशिक आवादीहरूका बिचमा गहिरो लज्जा र हीनताबोध निम्त्याउने कदम समावेश थियो ।
मानवताविरुद्धको औपनिवेशिक अपराधको यो कानुनी मान्यताले उपनिवेशीकरण प्रक्रियामा एक महत्वपूर्ण कदमलाई प्रतिनिधित्व गर्दछ । यसले स्वीकार गर्छ कि औपनिवेशिक अन्याय आर्थिक लुट, शोषण वा राजनीतिक नियन्त्रणको बारेमा मात्र थिएन । यसले गहिरो बसेको मनोवैज्ञानिक र सांस्कृतिक हिंसा पनि समावेश ग¥यो जुन पुस्तासम्म पुनरावृत्ति भइरहन्छ ।
यो निर्णयले तत्काल पीडितहरूलाई न्यायमात्र प्रदान गर्दैन, युरोपभर औपनिवेशिक अन्यायलाई सम्बोधन गर्ने उदाहरण पनि स्थापित गर्दछ । यसले स्पष्ट पार्छ कि युरोपेली उपनिवेशकर्ताहरूले ऐतिहासिक चरण छोडे पनि हामीलाई अझै उपनिवेशीकरणको दीर्घकालीन प्रभावहरूको थप व्यापक बुझाइ आवश्यक छ ।
उपनिवेशीकरणको चलिरहेको प्रक्रियाले हामीलाई बुझ्न आवश्यक छ कि औपनिवेशिक घाउहरू निको पार्नुमा भौतिक क्षतिपूर्तिभन्दा बढी समावेशी छ, यो एक लामो यात्रा हो जसले सांस्कृतिक आघातको गहिरो मान्यता, चोरिएको पहिचानको पुनस्र्थापना र क्षतिग्रस्त मनोवैज्ञानिक परिदृश्यहरूको पुनर्निर्माणको माग गर्दछ ।
‘औपनिवेशिक र लुटिएको दिमाग’ लाई पहिचान गर्नु पनि विकासोन्मुख देशहरूको सांस्कृतिक पुनर्निर्माणमा, विशेषगरी दक्षिण–दक्षिण सहयोगको लागि एक महत्वपूर्ण कदम हो, जहाँ औपनिवेशिकताको छायामा आदानप्रदानले साझा हितहरूको विकासलाई गहिरो समझ र प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्छ । यो भूतपूर्व औपनिवेशिक शक्तिहरूको लेखाजोखालाई राम्रोसँग पछ्याउन होइन, बरु विश्वव्यापी व्यवस्थाको पुनर्संरचनामा विकासोन्मुख देशहरूको र भूमिकालाई कसरी अभिवृद्धि गर्ने भन्नेबारे गहिरो बुझाइ प्राप्त गर्न हो ।
(लेखक पिपुल्स डेलीका वरिष्ठ सम्पादक हुनुहुन्छ र हाल चीनको रेन्मिन विश्वविद्यालयको चोङयाङ इन्स्टिच्युट फर फाइनान्सियल स्टडीजका वरिष्ठ फेलो हुनुहुन्छ ।)
– पिपुल्स डेली अनलाइनबाट
अनुवाद : अभिनव
Leave a Reply