यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, १४ माघ । भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिसित बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमा आचार्यको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले आइतबार भेट ग¥यो । भेटघाटमा नयाँ संविधान र स्थानीय सरकार सञ्चालनको सम्बन्धमा बनेको ऐन २०७४ कार्यान्वयन पछि न्यायिक समितिको अभ्यासबारे अनुभव आदानप्रदान गरियो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले पर्यटन विकास, शैक्षिक विकासको लागि कलेजहरू, शिशु स्याहार केन्द्रहरू र जनस्वास्थ्य केन्द्रहरू सञ्चालन गर्दै आएको बताउँदै सम्पदा तथा संस्कृति संरक्षण तथा जनशक्ति विकासका लागि विभिन्न तालिम सञ्चालन र सरसफाइमा विशेष जोड दिदै आएको जानकारी दिनुभयो ।
उहाँले संविधान र ऐनले दिएको अधिकार प्रयोग गरी भक्तपुर नगरपालिकाको दोस्रो नगरसभाले शिक्षा विधेयक, सहकारी विधेयक, खेलकुद नीति, वडा बजेट परिचालन निर्देशिकालगायत आवश्यक कानुन, नीति र निर्देशिकाहरू बनाई जनताको कामलाई सहजतापूर्वक सम्पन्न गर्ने कोशिश गरिरहेको बताउनुभयो ।
भेटघाटमा बुटवल उपमहानगरपालिकाका प्रतिनिधिमण्डलको तर्फबाट उपप्रमुख गोमा आचार्यले बुटवलमा विकास निर्माणमा जनसहभागिता उत्साहजनक रहेको जानकारी दिनुभयो । उहाँले बुटवल उपमहानगरपालिकाले ख्वप कलेजजस्तै प्राविधिक शिक्षालय चलाउने तयारी गरिरहेको पनि जानकारी दिनुभयो । भेटघाटबाट दुवै नगरपालिकाहरूले एक आपसमा काम कारबाही तथा अनुभवहरू आदानप्रदान गर्ने विषयमा पनि छलफल भयो । भेटमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, भनपा ७ नं वडाका वडा अध्यक्ष उकेश कवां र भनपा ९ नं वडाका वडा अध्यक्ष रवीन्द्र ज्याख्व, प्रमुख प्रशासकीय अधिकृत रोहितराज पोखरेल, पर्यटन अधिकृत गौतमप्रसाद लासिवा र दामोदर सुवालको उपस्थिति थियो भने बुटवल उपमहानरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत भरतमणी पाण्डे, न्यायिक समिति सदस्य शिवबहादुर अधिकारी, शाखा अधिकृत कल्पना अर्याल र न्यायिक समिति सदस्य गोमित सुनार रहेका छन् ।
Leave a Reply