यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
प्रज्ज्वल
काठमाडौंमा माघ १३ गते सुरु भएको ऊर्जा लगानी शिखर सम्मेलनमा भारतीय राजदूत मञ्जीव सिंह पुरीले नेपालको ऊर्जा क्षेत्रको विकासमा भारतीय सहयोग उल्लेख्य रहेको र अरुण तेस्रो र माथिल्लो कर्णाली परियोजनामा भारतीय लगानी रहेको बताए ।
राजदूत सिंहले नेपालमा जलविद्युत्को प्रशस्त सम्भावना भए पनि भारतबाट बिजुली आयात गरिरहनु परेको पनि उल्लेख गरे ।
यथार्थमा बेलायती भारतदेखि नै नेपालको प्राकृतिक स्रोत कब्जा गर्ने मामिलामा हस्तक्षेप भइरहेको हो । भारतीय विस्तारवादले नेपालको ऊर्जा विकासमा सहयोग होइन विसं २०११ मा कोशी, विसं २०१६ मा गण्डक सम्झौता, विसं २०४८ सालमा टनकपुर समझदारी, विसं २०५३ मा महाकाली सम्झौता गरी नेपालको जलस्रोत कब्जा गरेको हो । भारतीय एकाधिकार पूँजीले नेपालको नदीनाला कब्जा गरी महँगोमा नेपाललाई बिजुली बेचेको हो ।
नेपालको कूल जलविद्युत् उत्पादन क्षमता ८३ हजार मेघावाट छ तर उत्पादन ७–८ सयमात्र छ । नेपालले बिजुली उत्पादन गरेको १०० वर्ष नाघ्यो तर वर्षको १ मेघावाट पनि जलविद्युत् उत्पादन गर्न सकेन । यसमा आजसम्म सरकारमा गएका पार्टी र तिनका प्रधानमन्त्री र मन्त्रीहरु दोषी छन् । भारतीय एकाधिकार पूँजीका दलाल बनेका सरकारहरु आफ्नो नदीनालाबाट जलविद्युत् उत्पादन गर्ने साहस गर्दैनन् ।
सरकारले आँट गरे नेपालीकै लगानीमा ५ वर्षभित्र जलविद्युत्मा नेपाल आत्मनिर्भर हुने लक्ष्य धेरै अगाडि नै प्राप्त हुन्थ्यो । बितेको ६ महिनामा नेपालगञ्ज नाकाबाट मात्र २० अर्ब रुपैयाँको आयात भयो । नेपाललाई भारतबाट आयात हुने ७५ प्रतिशत सामान वीरगञ्ज नाकाबाट हुन्छ । भारतबाट खाद्यान्न, इन्धन, मेसिनरी, औषधि बढी आयात हुन्छ । जलविद्युत् उत्पादन भएको भए आयातको लागि ४५ प्रतिशत बजेट कम हुने थियो । यसकारण भारतीय राजदूतले नेपालको जलविद्युत् उत्पादनमा सहयोग गरेको भनाइ सत्य होइन । सरकार गतिलो भए १० वर्षमा नेपालीले ४० हजार मेघावाट जलविद्युत् उत्पादन गर्न सकिनेछ ।
स्वदेशी र विदेशीसमेत ३५० सहभागी सम्मेलनमा बङ्गलादेशका राजदूत सिफविन्तल सान्सले नेपालको जलविद्युत् दुई हजार मेघावाट आफ्नो देशले खरिद गर्ने बताए । भारतीय विस्तारवाद नेपालको नदीनालाबाट जलविद्युत् उत्पादन गरी दक्षिण एसियामा बिक्री गर्न नेपाललाई अनेक अवरोध खडा गरी जलविद्युत् उत्पादन गर्न चाहँदैन ।
नेपालको चिनी उत्पादन गर्ने क्षमता २ लाख टन हो । तर गत वर्ष ६३ हजार टन चिनीमात्र उत्पादन भयो । पञ्चायत कालसम्म नेपालले भारतलाई चामल निर्यात गथ्र्यो अहिले भारतबाट मासिक २ अर्ब रुपैयाँको चामल आयात भइरहेको छ । धागो उद्योगको उत्पादन क्षमता ८५ हजार टन छ । तर गत वर्ष ४५ हजार टनमात्र उत्पादन भयो । नेपाललाई वार्षिक ४५ करोड मिटर कपडा आवश्यक छ । स्वदेशका उत्पादन ६ करोड मिटरमात्र हुन्छ । नेपालका कपडा उद्योगको उत्पादन क्षमता १२ करोड मिटर छ । वार्षिक ३९ करोडमिटर आयात हुन्छ । तीमध्ये १२ करोड मिटर न्यून विजीकरण र चोरी आयात २७ करोड मिटर भइरहेको छ ।
नेपालको उद्योगको क्षमताअनुसार उत्पादन नभएको पनि बिजुलीकै अभाव हो । नेपालका उद्योगहरु बढी भारतबाटै आयातीत कच्चा सामानमा आधारित छ । सरकारले आयातीत कच्चा सामान र तयारी वस्तुको भन्सार कर एउटै राख्दा कतिपय उद्योगहरु विदेशबाट तयारी सामान निर्यातमा लागे । यसले नेपाललाई परनिर्भरता बढायो ।
पहिला उद्योगबाट कूल गार्हस्र्थ उत्पादनमा १५ प्रतिशत योगदान थियो भने अहिले ४ प्रतिशतमा झ¥यो । सरकारले उद्योगलाई निरुत्साहित र आयातलाई उत्साहित गर्नुको अर्थ विदेशी पूँजीसँग सरकारका मन्त्री र सचिवहरु कमिसन खानु हो ।
Leave a Reply