के ‘गाँसे गुसे एकै नासे’ हो ?
- असार १५, २०८३
भक्तपुर, २२ मङ्सिर । सर्वसुलभ उपभोक्ता सहकारी संस्थाको दसौँ साधारणसभा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले भन्नुभयो, “पुँजीवादी व्यवस्थामा रगतको नाताभन्दा नगदको नाता घनिष्ठ हुन्छ । यो व्यवस्थामा छलछाम, षड्यन्त्र तथा लोभलालच देखाइएको हुन्छ ।”
उहाँले भन्नुभयो, “सहकारी संस्था जनताको सेवा गर्न हो । खाद्यान्नको व्यापार गर्नु सजिलो होला तर खाद्यान्न उत्पादन गर्नु गाह्रो छ । विषादी भएको खाद्यान्नको कारण मानिसलाई क्यान्सर, मुटु, किड्नीको रोग बढिरहेको छ ।” उहाँले भन्नुभयो, “सहकारी संस्थाले विषादी नभएको तरकारी उत्पादन गर्नु जरूरी छ । सिन्धुपाल्चोकको सुन्तलालाई काठमाडौँ उपत्यकामा ल्याउनु आवश्यक छ । सरकारले नल्याए सहकारी संस्थाहरूले ल्याउनुपर्ने उपयुक्त हुनेछ ।”
उहाँले लाखौँ नेपाली युवा वैदेशिक रोजगारीमा पठाउने सरकारलाई पनि जवाफदेही बनाउनु आवश्यक छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले भक्तपुरका अधिकांश सहकारी संस्थाहरूले सहकारीको सिद्धान्त तथा मूल्यमान्यताअनुसार काम गरिरहेको भनाइ राख्दै विगतमा सहकारी संस्थामा भ्रष्टाचार गरेका पदाधिकारीलाई कारबाही गरेको इतिहासबारे स्पष्ट पार्नुभयो ।
उहाँले बिचौलियाहरूको कारण मूल्यवृद्धि भई उपभोक्ता ठगिएको विचार राख्दै उपभोक्ता र उत्पादकबिचको समन्वय वा प्रत्यक्ष सम्बन्ध स्थापना गर्न सकिएमात्र बिचौलियाहरूको अन्त्य हुने भनाइ राख्नुभयो । सहकारी संस्थाहरूले आदर निकेतन, स्वास्थ्य केन्द्र, सहकारी पसल सञ्चालन गर्नु सान्दर्भिक तथा अत्यावश्यक भएको भन्दै सहकारी संस्थाले पैसाको कारोबारमात्र गरेकोमा आलोचना भइरहेको चर्चा गर्नुभयो ।
राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक सदस्य परितोष पौडेलले उपभोक्ताले सहजरूपमा सेवा सुविधा पाउनको लागि उपभोक्ता सहकारी संस्थाले प्रविधिमार्फत कारोबारलाई जोड दिनुपर्ने बताउँदै सदस्यसँगको सम्बन्धलाई मजबुत बनाउनेतर्फ संस्था उन्मुख रहेको छ भन्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं.१० का वडा अध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखाले उपभोक्ता सहकारीमा चुनौती रहे तापनि संस्था नियमित सञ्चालन भइरहेकोमा खुसी व्यक्त गर्नुभयो । भक्तपुर न.पा.वडा नं.८ का वडा अध्यक्ष कृष्णप्रसाद कोजुले युवाहरूमा सहकारीका असल अभ्यासको बारेमा शिक्षा दिनुपर्ने बताउनुभयो ।
संस्थाका सल्लाहकार कृष्णभक्त लवजुले उपभोक्ता सचेत हुनुपर्ने बताउनुभयो । संस्थाका अन्य सल्लाहकारहरू कृष्णगोविन्द लाखाजु र राजेन्द्र दुमरूले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद लाखाको सभापतित्वमा भएको उक्त सभामा सचिव गणेशराम मुस्याख्वले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष नारायणमान बनमालाले आर्थिक विवरण र आ.व.२०८१।८२ अनुमानित बजेट र लेखा सुपरिवेक्षण समितिका संयोजक मिजरत्न शाक्यले लेखा सुपरिवेक्षण समितको प्रतिवेदन प्रस्तुत गर्नुभयो भने उपाध्यक्ष बद्रीप्रसाद माकले स्वागत गर्नुभयो ।
सहकारी संस्थामा खाद्य तथा उपभोग्य वस्तु अधिकतम खरिद गरी संस्था सञ्चालनमा टेवा पु¥याउने १० जना सदस्यहरूलाई प्रमुख अतिथिबाट संरक्षित पुँजी फिर्ताकोष रकम नगद तथा प्रशंसापत्र वितरण गरिएको सो सभामा दुई जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । संस्थाले वार्षिक झन्डै सात करोडको खाद्य तथा उपभोग्य वस्तु बिक्री वितरण गरिएको थियो ।
Leave a Reply