इरानका ‘केही स्थान’ मा अमेरिकी आक्रमण
- असार १५, २०८३
भक्तपुर, २२ मङ्सिर । उर्वरभूमि कृषि सहकारी संस्था लि.भक्तपुरको नवौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन शनिबार सम्पन्न भयो ।
कार्यक्रममा वाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले सरकार र ठुला राजनीतिक दलहरूले काठमाडौँ उपत्यकाकेन्द्रित विकासलाई जोड दिएको कारण काठमाडौँ उपत्यका र देशले नै खाद्यान्नमा परनिर्भरता भोग्नुपर्ने अवस्था आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पहिले हामी खाद्यान्न निकासी गथ्यौँ अहिले आयात गर्दै छौँ । आयात भएका अधिकांश खाद्यान्नमा विषादीयुक्त भएको कारणले आज क्यान्सरजस्तो प्राणघातक रोगीहरू बढिरहेका छन् ।”
उहाँले कृषि क्षेत्र देशको मेरुदण्ड भएको हुनाले सबै क्षेत्रबाट किसानहरूलाई हौसला दिई बजार व्यवस्थापनलगायत बिचौलियाहरूलाई निरुत्साहन गर्नुपर्ने धारणा राख्दै कृषि सहकारीहरूले उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने तथा कौसी खेती र जीवनोपयोगी सीपहरू नयाँ पुस्तालाई सिकाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
एमाले र माओवादीहरूले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने मूलभूत कुरालाई बेवास्ता गर्दै देशको कृषि क्षेत्र तहसनहस गरेर देशलाई परनिर्भरताको भड्खालोमा पु¥याउने कामको विरोध गर्नुपर्ने कुरा उहाँले बताउनुभयो ।
आदर्श आजाद मा.वि.कलेजका प्राचार्य श्रीकृष्ण किसीले सहकारीहरूले योजनाबद्ध ढङ्गले कार्य गरे तुरुन्त सफलता पाउने बताउँदै सहकारी शिक्षालाई नियमित गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
सूर्यविनायक नगरपालिकाका सहकारी शाखा प्रमुख राजेन्द्रकुमार श्रेष्ठले सहकारीहरूमा आएको विकराल समस्यासँग सबै जुटेर समस्या समाधान गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो ।
उहाँले सहकारी र कृषि क्षेत्रमा विकास गरेको राष्ट्र चीनबाट धेरै कुरा नेपाल सरकार र नेपालीले सिक्नुपर्ने धारणा राख्नुभयो ।
संस्थाका अध्यक्ष राकेश सुकुपायोको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सल्लाहकार दिनेश ग्वाछा, जिल्ला कृषि सहकारी सङ्घ, भक्तपुरका अध्यक्ष सनिस लागेजू, जिल्ला सहकारी सङ्घ, भक्तपुरका प्रतिनिधि सुलोचना दुवाल, बरुणपुर कृषि सहकारी संस्था लि.का उपाध्यक्ष जयराम खाइजूले शुभकामना मन्तव्य राख्नुभयो ।
संस्थाका उपाध्यक्ष नारायणप्रसाद मचामसीले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा सचिव सुन्दर ग्वाछा, मुना लवजु र राजेन्द्र खायमलीले पनि बोल्नुभयो ।
साधारणसभाको अधिवेशन सत्रले राकेश सुकुपायोको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतिले निर्विरोध निर्वाचित गरेको छ ।
Leave a Reply