भर्खरै :

विदेशमा रहेका लाखौंँ युवाको विषयमा सरकार चिन्तित छैन

विदेशमा रहेका लाखौंँ युवाको विषयमा सरकार चिन्तित छैन

भक्तपुर, २२ मङ्सिर । सहलह बचत तथा ऋण सहकारी संस्था लि. गोल्मढी, भक्तपुर–७ को सत्रौँ वार्षिक साधारणसभा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिका ७ नं. वडाका वडाध्यक्ष उकेश कवांको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा अतिथि कवांले सहकारी संस्थाको सञ्चालक समितिका पदाधिकारीहरू इमानदार हुनुपर्ने आवश्यकता औँल्याउँदै सहकारीले आर्थिक पक्षलाई मात्र हेर्न नहुने बताउनुभयो ।
उहाँले सहकारीबाट ऋण लिइसकेपछि समयमै ऋणको ब्याज र भाखा सकिनु अगाडि नै साँवा भुक्तानी गर्नु शेयर सदस्यहरूको दायित्व भएको बताउनुभयो ।
सरकार र सरकारमा जाने प्रमुख दल र तिनका प्रमुख व्यक्तिहरूले आफ्नो व्यक्तिगत र आफ्नो निर्वाचन क्षेत्रको मात्र हित हेर्ने काम गरेको बताउँदै उहाँले ठुला दलको अदूरदर्शिताले गर्दा देशको हित हुन नसकेको स्पष्ट पार्नुभयो ।
सहलह साकोसका कानुनी सल्लाहकार पुरुषोत्तम ग्वाछाले स्थानीय र परिचित व्यक्तिहरूले सञ्चालन गरेका साकोसहरूमा मात्र बचत गर्नुपर्ने र संस्थाले गर्ने विभिन्न तालिमहरूमा सक्रिय सहभागी हुनुपर्ने बताउनुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.को लेखा सुपरीवेक्षण समितिका सदस्य श्रीप्रसाद त्यातजुले केही सहकारीका गलत व्यक्तिहरूको पदाधिकारीहरूको गलत मनसायले गर्दा राम्रा सहकारीहरूको पनि बदनाम भइरहेको विचार व्यक्त गर्नुभयो ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. का विष्णुराम दुमरुले साधारणसभा भनेको उपस्थिति भत्ता लिएर फर्कने मात्र होइन कार्यक्रममा सहभागी भएर विविध जानकारी लिने थलो पनि भएको बताउनुभयो ।
कार्यक्रममा सहकारीका दस जना एसईई पूरा गरेका बाल बचत तथा संस्थाका सदस्यका सन्तति, सात जना कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान तथा प्रशंसापत्र वितरण गर्नुका साथै संस्थाको १८ औँ स्थापना दिवस (कार्तिक १५) को उपलक्ष्यमा आयोजित कला, संस्कृति र सम्पदा विषयक आधारभूत र माध्यमिक तहका विद्यार्थीहरूलाइद्र्द पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो ।
संस्थाका अध्यक्ष श्याम तजलेको सभापतित्वमा भएको कार्यक्रममा सचिव रामेश्वर मचामसी, लक्ष्मीप्रसाद ग्वाछा, सुन्दर ग्वाछा, रविना कपाली, सुनिता प्रधानले पनि सहकारीको विषयमा बोल्नुभएको थियो ।
साधारणसभाको दोस्रो चरणमा कोषाध्यक्ष श्रीप्रसाद ग्वाछाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन र अनुमानित बजेट, सचिव रामेश्वर मचामसीले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन र लेखा सुपरिवेक्षणका संयोजक केशरीमैंया ग्वाछाले प्रस्तुत गर्नुभएको प्रतिवेदन पारित गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *