भर्खरै :

अन्तरकलेज छात्रा भलिबल प्रतियोगिता उद्घाटन

अन्तरकलेज छात्रा भलिबल प्रतियोगिता उद्घाटन

भक्तपुर, २२ मङ्सिर । ख्वप इन्जिनियरिङ कलेजको २३ औँ र ख्वप कलेज अफ इन्जिनियरिङको १६ औँ वार्षिकोत्सवको अवसरमा कलेजको संयुक्त आयोजनामा अन्तरकलेज छात्रा भलिबल प्रतियोगिता २०८१ को शनिबार उद्घाटन भयो ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले कलेज शैक्षिक कार्यक्रमसँगै विद्यार्थीहरूलाई अनुशासित र इमानदार व्यक्ति तयार गर्न कलेजले नियमितरूपमा विभिन्न अतिरिक्त कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।
कलेजको वार्षिकोत्सवको अवसरमा विगतमा अन्तरकलेज बास्केटबल, अन्तरकलेज फुटसल र यसै वर्ष मुलपानी क्रिकेट मैदानमा अन्तरकलेज क्रिकेट सफलतापूर्वक सञ्चालन गरिसकेको उहाँले बताउनुभयो । उहाँले खेल हार–जीतको लागि नभई मित्रता, अनुशासन र लगनशीलताको साथै स्वस्थ रहन खेल्नुपर्ने बताउनुभयो । देशमा अहिले विभिन्न खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूबाट देशको नाम चिनाउन सफल भइरहेको पनि उहाँले बताउनुभयो ।
उद्घाटन कार्यक्रमा ख्वप इन्जिनियरिङ कलेजका उपप्राचार्य सुवेगमान बिजुक्छँे तथा खेलकुद प्रशिक्षक श्यामकृष्ण बासुकलाले पनि बोल्नुभएको थियो ।
प्रतियोगितामा ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ, ख्वप मावि, ख्वप बहुप्राविधिक अध्ययन संस्था र ख्वप कलेज अफ ल गरी ५ वटा कलेजको सहभागिता छ ।
खेलमा ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ, ख्वप मावि र ख्वप बहुप्राविधिक अध्ययन संस्था जितेका थिए । भोलि ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङबिच फाइनल हुनेछ । तेस्रो स्थानको खेल ख्वप मावि र ख्वप बहु प्राविधिक अध्ययनबिच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *