जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ९
- बैशाख ११, २०८३
काठमाडौँ, २३ मङ्सिर । सम्पदा संरक्षण समाज नेपालको आयोजनामा सार्वजनिक कमलपोखरीमा अनधिकृतरूपले बनाइएको छाया सेन्टर भत्काउन माग गर्दै े आइतबार काठमाडौँमा जनप्रदर्शन भयो ।
राणा शासनको हुकुमी र पञ्चायती निरङ्कुश शासन कालमा कानुन हातमा लिएर कब्जा गरिएको काठमाडौँ थँबहीको सार्वजनिक कमलपोखरी र बगँैचामा बनाइएको छाया कम्प्लेक्स (व्यापारिक भवन) भत्काई पुनः सरकारी कायम गरौँ भन्ने मागसहित जुलुस भएको थियो ।
जनप्रदर्शनमा सम्पदाप्रेमी जनता एक होऔँ, सम्पदा म्हास्ने दलालहरू होसियार, गैरकानुनी मिलापत्र खारेज गर, दलाल गुठियार, भ्रष्ट कर्मचारीलगायत भूमाफियाहरूलाई कानुनी कारबाही गर, सम्पदा संरक्षण गरौँ आदि नारा र प्ले कार्डसहित जुलुस प्रदर्शन गरिएको थियो । काठमाडौँ सुन्धारा धरहराबाट सुरु भएको प्रदर्शन न्युरोड, इन्द्रचोक, असन, ज्याठा हुँदै ठमेलस्थित छाया सेन्टर भवन पुगेको थियो ।
सभामा सम्पदा समाजका सदस्य राजु कपालीले समाजबाट प्रकाशित अपिल प्रस्तुत गर्नुभएको थियो । ठमेलमा भएको समापन कार्यक्रममा समाजका सदस्य हरिशरण श्रेष्ठले बोल्नुभएको थियो ।
मङ्सिर २४ गते छाया सेन्टरको रिट निवेदनमाथिको अन्तिम सुनुवाइ हुने बताइएको छ । अदालतबाट थँ बहीको कमलपोखरीसहित २६.५ रोपनी सार्वजनिक जग्गा आफ्नोमा गराउने र पन्ध्र तलाको छाया कम्प्लेक्स व्यापारिक भवन निर्माण गर्ने राणा र पाँडेहरूको कर्तुतलाई गैरकानुनी ठहर हुने विश्वास गरिएको छ ।

Leave a Reply