भर्खरै :

दमास्कसस्थित इरानी दूतावासमा आक्रमण

दमास्कसस्थित इरानी दूतावासमा आक्रमण

तेहरान, २३ मङ्सिर (एएफपी) । दमास्कसस्थित इरानी दूतावासमा आक्रमण भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् । इस्लामिक नेतृत्वको विद्रोहीले तेहरानको सहयोगी बसर अल असदको पतन भएको घोषणा गरेपछि सिरियास्थित इरानको दूतावासमा आइतबार आक्रमण भएको इरानी सरकारी टेलिभिजनले जनाएको छ ।
“अज्ञात व्यक्तिले इरानी दूतावासमा आक्रमण गरेका छन्, जुन तपाईँले विभिन्न सञ्जालले साझा गरेका यी तस्बिरमा देख्न सक्नुहुन्छ,” इरानी सरकारी टेलिभिजन कूटनीतिक परिसरभित्रबाट आएको भनिएको फुटेज देखाउँदै भनेको छ ।
कुर्दिस नेतृत्वको विद्रोहीले आइतबार दमास्कसमाथि धावा बोलेको र राष्ट्रपति बशर अल असद भागेको दावी गरेको छ । उनीहरूले सिरियामा पाँच दशक लामो बाथ पार्टीको शासनको अन्त्य भएको घोषणा गरेका छन् ।
बेलायतस्थित सिरियाली युद्ध अनुगमनकारी संस्था (सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स) का प्रमुख रामी अब्देल रहमानले एएफपीसँग भन्नुभयो, “राष्ट्रपति असदले दमास्कस अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सिरिया छोडिसक्नुभएको छ ।”
सिरियालीहरूले असदका पिताको मूर्ति ढाले र कुल्चे
मुलुकभरका सिरियालीविद्रोहीहरूले आइतबार राष्ट्रपति बशर अल–असदका दिवङ्गत पूर्व राष्ट्रपति हाफेजको मूर्तिलाई ढाले र कुल्चिए ।
राजधानी दमास्कसमा पूर्व राष्ट्रपति हाफेज अल–असदको टुटेको मूर्तिमा उभिएर मानिसहरूले घृणा प्रकट गरे । यो उहाँहरूको परिवारद्वारा पाँच दशकसम्म कठोर शासन गरेको देशका लागि अत्यन्त प्रतीकात्मक क्षण थियो ।
इस्लामिक नेतृत्वको विद्रोहीहरूले बशर अल–असद देश छाड्न बाध्य भएको घोषणा गरे । उनीहरूले उहाँको नियन्त्रणबाट एकपछि अर्को सहरलाई कब्जा गरे र दमास्कसमा उनीहरूको आगमनसँगै यो दृश्य आयो ।
विद्रोहीहरूले दमास्कसको पतनको घोषणा गर्नुअघि नै देशका अन्य सहरहरूमा हाफिज अल–असदका मूर्तिहरू ढालिएका थिए । यी दृश्यले इराकमा सन् २००३ मा अमेरिकी सैन्य वाहनले पूर्वराष्ट्रपति सद्दाम हुसेनको मूर्ति हटाएको देखिएका दृश्यहरूलाई सम्झना गराउँछन् । उक्त समयमा अमेरिकी नेतृत्वको सैन्य गठबन्धन बगदादमा प्रवेश गर्दा बगदादका उत्साहित इराकीहरूले सहयोग गरेका थिए । दमास्कसको जारामाना उपत्यकामा विद्रोही प्रदर्शनकारीहरूले दिवङ्त सिरियाली नेताको मूर्ति खसाउँदा हर्षले ताली बजाउँदै नारा लगाएका थिए । यी दृश्य सामाजिक सञ्जालमा पोस्ट गरिएका र एएफपीद्वारा प्रमाणित गरिएका थिए ।
उत्तरी सिरियाको अलेप्पोमा तस्बिरहरूमा मानिसहरूले बशर अल–असदका भाइ बासेल र उनीहरूका बुबाको मूर्ति ढाल्दै गरेको देखाइएको छ ।
दक्षिणी सिरियाको दारामा सन् २०११ को विद्रोहको उद्गमस्थलमा एएफपीद्वारा प्रमाणित अनलाइन तस्बिरहरूमा एक विद्रोही लडाकूले मोटरबाइक चलाउँदै सडकमा हाफेज अल–असदको खसेको मूर्तिलाई पछाडि तानिरहेको देखाइएको छ । ठुलो धातुको मूर्तिभित्र खोक्रो भएकाले तान्ने हदसम्म हल्का देखिन्थ्यो । बन्दरगाह सहर टार्टसमा प्रदर्शनकारीहरूले पूर्व राष्ट्रपतिको मूर्ति ध्वस्त पारेको स्थानीय बासिन्दा ओदे अल–खातिबले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *