कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, २३ मङ्सिर । विश्वकर्मा बचत तथा ऋण सहकारी संस्था लि.को सत्रौँ वार्षिक साधारणसभा सम्पन्न भयो ।
उक्त कार्यक्रममा भक्तपुर भक्तपुर नगरपालिका वडा नं. ९ का अध्यक्ष रवीन्द्र ज्याख्वले संस्थाको आर्थिक, नैतिक तथा भौतिक क्रियाकलाप समुदायभित्र रही कारोबार गर्नुपर्ने र मङ्सिर २८ गतेदेखि पुस २ गतेसम्म हुन गइरहेको भक्तपुर महोत्सवबारे भक्तपुरका कला, संस्कृति, मौलिक परम्परागत बाजा, नाचगान, मौलिक उत्पादन र भक्तपुर महोत्सवमा भक्तपुरवासीकोको सक्रिय संलग्न भएर महोत्सवलाई भव्य र सभ्यरूपमा सफलताको साथ सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.का सचिव जगनाथ प्रजापतिले शुभकामना मन्तव्य दिँदै सहकारीमा देखिएका विसङ्गतिसम्बन्धी सधैँ सचेत हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
मित्र सहकारी संस्था र उदय बचत तथा ऋण सहकारीबाट पाल्नुभएका कृष्ण राम प्रजापतिले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
संस्थाका संस्थापक अध्यक्ष अमर प्रजापति र सल्लाहकार लक्ष्मीप्रसाद प्रजापतिले आ–आपm्नो धारणा व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष एवम् सभाध्यक्ष शमशेरबहादुर ज्याख्वाले संस्थालाई समुदायमा सक्रिय भई सबैको राय सुझाबलाई मनन गरी अगाडी बढ्नेमा जोड दिँदै कार्यक्रम समापन भएको घोषणा गर्नुभयो ।
उक्त कार्यक्रममा सञ्चालक सदस्य पुण्यश्वरी ज्याख्वाले पनि बोल्नुभएको थियो ।
Leave a Reply