यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, २५ मङ्सिर । वागीश्वरी सर्कल, वागीश्वरी मावि, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेजमेन्टद्वारा आयोजित दुईदिने वागीश्वरी उत्सव, हाम्रो महोत्सव मङ्गलबार सम्पन्न भयो ।
महोत्सवको अन्तिम दिन महोत्सव समापन समारोहमा वागीश्वरी कलेज व्यवस्थापन समितिका उपाध्यक्ष एवं वागीश्वरी माविका पूर्व प्रअ मोहनप्रसाद प्रजापतिले ‘वागीश्वरी उत्सव, हाम्रो महोत्सव’ राम्रो र सफल भएको बताउनुभयो ।
उहाँले आगामी दिनमा वागीश्वरीले यस्तै नयाँ नयाँ गतिविधि, क्रियाकलापहरू गर्दै जाने विश्वास व्यक्त गर्दै यस्ता प्रदर्शनी र शैक्षिक कार्यक्रमहरू गर्दै जान सकेको खण्डमा वागीश्वरी अझ राम्रो र नमुना भएर अगाडि बढ्ने आशा व्यक्त गर्नुभयो ।
वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले वागीश्वरी सर्कलले पाठ्यपुस्तकबाहेक समाज र देशको भविष्यसँग जोडिएका कार्यक्रमहरू गरेर विद्यार्थीलाई दीक्षित गर्ने काम पनि गरिरहेको बताउनुभयो ।
वागीश्वरी माविका प्रअ कृष्णप्रसाद कर्माचार्यले वागीश्वरी महोत्सव समापन समारोहलाई सफल पार्न सम्पूर्ण सहयोगी हातहरूलाई हार्दिक धन्यवाद दिँदै महोत्सवले भक्तपुर नगरपालिकाले आयोजना गरेको भक्तपुर महोत्सवको प्रचारप्रसारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रअ कृष्णप्रसाद कर्माचार्यको सभापतित्वमा सम्पन्न उक्त समापन समारोहमा ५३ वटा प्रतियोगी प्रदर्शनी स्टलहरू र ७ वटा प्रदर्शन स्टलहरू गरी जम्मा ६० वटा स्टलहरू प्रदर्शनमा राखिएका छन् । उक्त उत्सवमा कोदोको मःमः, बारा, बर्गर, योमरी, सम्येबजी आदि खाद्य परिकारहरू रहेका छन् । भादगाउँले टोपी, पाल्पाली ढाकाटोपी उलन, पञ्जा, टोपी, किरिन्ज, टिसर्ट, घ्यु मह, स्नाक्स, रोबोर्ट, भ्वाइसकमान्ड, इलेक्ट्रोनिक्स उपकरणहरू आकर्षक चित्रकला, माटोका सामग्रीहरू, बाजागाजा विभिन्न हाइवेट (पुलका नमुनाहरू) आदि प्रदर्शनीमा राखिएका छन् ।
Leave a Reply