भर्खरै :

युवा/विद्यार्थीहरूको भूमिकाबारे वक्तृत्वकला प्रतियोगिता सम्पन्न

युवा/विद्यार्थीहरूको भूमिकाबारे वक्तृत्वकला प्रतियोगिता सम्पन्न

भक्तपुर, २५ मङ्सिर । ‘हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ ३० औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा ‘लैङ्गिक हिंसाविरुद्धको अभियानमा युवा विद्यार्थीहरूको भूमिका’ भन्ने विषयमा ख्वप कलेज अफ लमा सोमबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख तथा कलेज व्यवस्थापन समितिका उपाध्यक्ष रजनी जोशीले युवा विद्यार्थीहरूको सक्रियता र प्रतिबद्धताको प्रशंसा गर्दै लैङ्गिक हिंसा कानुनी मुद्दामात्र नभई यसलाई हाम्रो समाजको समानता र न्यायको परीक्षणको संज्ञा दिनुभयो । उहाँले युवा पुस्ताले यस मुद्दामा निर्णायक भूमिका खेल्न सक्ने बताउनुभयो ।
कार्यक्रममा ख्वप कलेज अफ लका प्राचार्य एवम् सभाध्यक्ष अनिता जधारीले लैङ्गिक हिंसाविरुद्धको अभियानमा युवा र विद्यार्थीहरू सक्रिय हुनुपर्ने बताउनुभयो । उहाँले यस्ता प्रतियोगिताले सकारात्मक सन्देश र प्रेरणाको वातावरण सिर्जना गर्ने विचार व्यक्त गर्नुभयो ।
प्रतियोगितामा ख्वप कलेज अफ लका विभिन्न वर्षमा विद्यार्थीहरूले लैङ्गिक हिंसाको जरा, यसको कानुनी आयाम र समाधानका उपायहरूबारे विचार प्रस्तुत गरे । विद्यार्थीहरूले शिक्षा, कानुनी जागरुकता, सामुदायिक संलग्नता र डिजिटल प्लेटफर्मको उपयोगजस्ता प्रभावकारी समाधान प्रस्तुत गरेका थिए ।
कार्यक्रममा ज्ञानसागर प्रजापति, अधिवक्ता नुक्ता गौतम र सुनिता गाईसीले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।
कार्यक्रममा ज्ञानसागर प्रजापति, गगन तिमिल्सिना, रमा पाण्डेले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *