भर्खरै :

महोत्सव प्रचारार्थ वडा नं. ९ मा शुभकामना ¥याली सम्पन्न

महोत्सव प्रचारार्थ वडा नं. ९ मा शुभकामना ¥याली सम्पन्न

भक्तपुर, २५ मङ्सिर । भक्तपुर नगरपालिका वडा नं. ९ को आयोजनामा भक्तपुर महोत्सव २०८१ भव्य र सभ्य रूपले सम्पन्न गर्न मङ्गलबार शुभकामना ¥याली भयो ।
¥यालीमा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर महोत्सव सबैको साझा महोत्सव भएको हुँदा यसलाई उल्लासमय ढङ्गले सम्पन्न गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले महोत्सवले आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै भक्तपुरको नाचगान, बाजागाजा, हस्तकला, घरेलु उद्योग, सीप, कला, संस्कृतिको प्रवद्र्धन गरी यसलाई आर्थिक गतिविधिसँग जोड्न आवश्यक वातावरण तयार गर्ने उद्देश्य महोत्सवको रहेको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले महोत्सवको आकर्षणबारे प्रस्ट पार्दै पाँचदिने भक्तपुर महोत्सवमा सबै सक्रियतापूर्वक सहभागी हुन अनुरोध गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *