अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
क्लारा जेटकिन (Clara Zetkin) जर्मनीका एक कम्युनिस्ट राजनीतिज्ञ, अत्यन्त चर्चित मजदुर महिला अधिकारवादी र अन्तर्राष्ट्रिय मजदुर आन्दोलनका एक महत्वपूर्ण नेतृ हुन् ।
क्लारा ५ जुलाई १८५७ मा साक्सेन (Sachsen) को विडेराउ (Widerau) भन्ने ठाउँमा जन्मेकी थिइन् । उनका बुबा गोटफ्रीड इस्नेर (Gottfried Eissner) गाउँको विद्यालयका एक शिक्षक थिए र आमा जोसेफिन (Josephin) एर्जगोफिर्गे (Erzgefirge) को एउटा गाउँमा हुर्केकी थिइन् ।
सन् १८७४ मा १७ वर्षको उमेरदेखि नै क्लारा जेटकिनले महिला अधिकारवादी नेतृ अगष्टी स्मिदि (Auguste Schmidit) सँगसँगै लीपजिप (Lipzig) मा शिक्षिकाहरूको गोष्ठीमा भाग लिइन् । सन् १८७४ देखि १८७८ को बिचमा अर्थात् १५ देखि २१ वर्षको उमेरमा जर्मनीका महिला सङ्घको छलफल, अन्तरक्रिया र अन्य कार्यक्रमहरूमा भाग लिन थालिन् र पहिलो पटक तिनी सामाजिक–प्रजातन्त्रवादीहरू (Social democrats) को सम्पर्कमा पुगिन् । त्यसैबेला उनको परिचय रुसी क्रान्तिकारी व्यक्ति ओसिप जेटकिन (Oscip zetkin) सँग भएको थियो ।
सन् १८७८ मै सामाजिक मजदुर पार्टी (Sap) सँगको संलग्नताको कारण परिवारसहित उनी ब्रुच (Bruch) जान बाध्य भइन् ।
सन् १८७८ देखि १८८२ सम्म तिनले ४ वर्षसम्म अर्थात् २१ वर्षको उमेरदेखि २५ वर्षको उमेरसम्म साचसेन (Sachsen) र अष्ट्रिया (Austria) मा शिक्षिका (Zourness) को रूपमा काम गरिन् ।
सन् १८८२ मै क्लाराले स्वीट्जरल्यान्डको जुरिच (Zurich) मा सामाजिक प्रजातान्त्रिक (Social democrat) पार्टीमा सामेल भएर काम गरिन् । त्यही वर्ष उनी नोभेम्बरमा फ्रान्सको राजधानी पेरिसमा ओसिप जेटकिनसँग बस्न थालिन् । औपचारिकरूपले विवाहको निम्ति आवश्यक कागजपत्रको अभाव हुँदा आफ्नो नामको पछाडि ओसिप जेटकिन (Ossip zetkin) को पारिवारिक नाम वा थर ‘जेटकिन’ राख्न थालिन् जेटकिन परिवारको २ जना छोरा भए ।
सन् १८८९ मा शारीरिक अस्वस्थताका कारण ओसिप जेटकिनको मुत्यु भयो । पेरिसमै क्लारा आफैले दोस्रो अन्तर्राष्ट्रिय बैठकको आयोजना गरिन् । त्यस बैठकमा उनले महिला मजदुर आन्दोलनबारे एक प्रवचन दिइन् ।
त्यसपछि उनी पेसागत र सामाजिक क्षेत्रका महिलाहरूको समान हकको माग गर्दै वर्गसङ्घर्षसम्बन्धी विभिन्न गतिविधिमा लागिन् । त्यसबेला उनी भर्खर ३२ वर्षकी थिइन् ।
सन् १८९१ मा जर्मनीमा समाजवादी कानुन बन्यो र क्लारा जर्मनी फर्मेर स्टुटगार्ट (Stuttgart) मा बसार्इँ सरिन् । एक वर्षपछि क्लाराले अर्थात् सन् १८९२ मा सामाजिक प्रजातान्त्रिक (Social Democratic) पार्टीको तर्फबाट समानता (Dil Gleichheit) भन्ने एक पत्रिका प्रकाशित गरिन् । सन् १८९५ मा उनी जर्मनी सामाजिक प्रजातान्त्रिक पार्टी (Spd) को वामपन्थी पक्षको केन्द्रीय समितिको सदस्य भइन् र स्टुटगार्टको किताब सिउनेहरूको सङ्घको सदस्य बन्न बन्देज थियो । तर, सन् १८९५ मा उनी त्यस युनियनको अस्थाई अन्तर्राष्ट्रिय सचिव बनिन् सन् १८९७ मा तिनले मोलर जोर्ज फ्रेडरिच जुन्ड (Moler Zeorg Frildrich Zundd) सँग ४० वर्षको दोस्रो विवाह गरिन् ।
सन् १९०७ मा स्टुटगार्टमा समाजवादी महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन भयो । त्यस सम्मेलनले क्लारा जेटकिनलाई महिला सचिवालय वा हेडक्वार्टरको अध्यक्ष छान्यो । त्यसबेला उनी ५० वर्षकी थिइन् ।
सन् १९१० मा डेन्मार्कको कोपनहेगन (Copenhegon Denmark) मा दोस्रो अन्तर्राष्ट्रिय समाजवादी महिला सम्मेलन भयो । त्यसमा क्लाराले अन्तर्राष्ट्रिय समाजवादी महिला दिवस मनाउने प्रस्ताव राखिन् ।
सन् १९१४ देखि १५ मा पहिलो विश्व युद्ध सुरु भयो । सामाजिक प्रजातान्त्रिक पार्टी (Spd) विस्तारै सामाजिक अन्धराष्ट्रवादमा फस्दै थियो । यसकारण, क्लारा जेटकिनले पार्टीको वामपन्थी धारको प्रतिनिधित्व गर्न अस्वीकार गरिन् । अन्तर्राष्ट्रिय समाजवादी महिला सङ्घको सचिवको हैसियतले उनले सन् १९१५ को मार्चमा समाजवादी महिला सम्मेलन (Socialist Womens Conference) को आयोजना गरिन् । त्यसकारण, क्लाराले ४ महिना जेल सजाय भोगिन् ।
अलेक्जेन्डर कोलोन्ताई (Alexandre Kollontai) सँग मिलेर क्लारा जेटकिनले मत दिन पाउँदैनथे । निश्चित सम्पत्ति र आम्दानी हुनेहरूले मात्र मतदानमा भाग लिन पाउँथे । उनी त्यस पक्षपाति मताधिकारको विरोधमा कसेर लागिन् ‘पुँजीवादी महिलावादी’ हकको विरोध गरिन् ।
सन् १९१६ तिर कार्ल काउत्स्की (Kautsky) ले अन्ध राष्ट्रवाद र संशोधनवादको बाटो लिएको हुनाले क्लारा जेटकिन रोजा लक्जेम्वर्ग (Roza Luxemburg) सँग मिलेर वामपन्थी धारलाई नेतृत्व गरी संशोधनवादको विरोधमा सशक्त सङ्घर्ष गरिन् । लेनिनले ‘गद्दार काउत्स्की’ भन्ने एक रचनामार्फत उनलाई उदाङ्ग्याइदिनुभएको थियो ।
संशोधनवादीहरूसँग सङ्घर्ष गर्न सन् १९१६ तिर लक्जेम्वर्ग र लिब्ख्नेत (Liebknecht) ले स्पार्टाकसवादी (Spartacists) भन्ने रोमका एक दास विद्रोहका नेताको नाममा वामपन्थी सङ्गठन निर्माण गरे । क्लारा जेट्किन पनि त्यही सङ्गठनमा सामेल भइन् ।
पहिलो क्लारा ‘स्वतन्त्र सामाजिक प्रजातान्त्रिक पार्टी जर्मनी’ (Independent Social Democratic Party, Germany) को सह–संस्थापिका थिइन् र उनले ‘समानता’ (Dil Gleichheit) पत्रिका प्रकाशित गरिन् । राजनैतिक र सैद्धान्तिक मतभेदको कारण क्लाराले ‘समानता’ छोडिन्
सन् १९१८ मा कार्ल लिब्ख्नेत र रोजा लक्जेम्वर्गसँग सामेल भएर क्लारा जेटकिन जर्मनीको कम्युनिस्ट पार्टी (Kommunist Paric Daeutschlands kpd) को संस्थापक भइन् ।
सन् १९२० मा उनी जर्मनी कम्युनिस्ट पार्टीको तर्फबाट माथिल्लो सदन राइख्स्टाग (Reichetag) को सदस्य भइन् । २ जुलाई १९२० मा जर्मनी कम्युनिस्ट पार्टीको प्रथम सांसदको नाताले उनले सोभियत सङ्घसँग ऐक्यबद्धताको माग गर्दै वक्तव्य दिइन् । त्यसैबेला तिनले सोभियत सङ्घको पहिलो यात्रा गरिन् । सोभियत सङ्घमा तिनले रुसी जनताका महान् नेता लेनिनसँग मित्रता गाँसिन् ।
उनी विभिन्न रोगबाट पीडित भएकी हुनाले उपचारको निम्ति कहिले सोभियत सङ्घ र कहिले जर्मनी जान थालिन् ।
सन् १९२१ देखि उनी ‘अन्तर्राष्ट्रिय महिला कम्युनिस्ट’ (Die Kommunistische Frauen International) भन्ने पत्रिकाको सञ्चालिका र अन्तर्राष्ट्रिय महिला सचिव भई कार्यरत रहिन् । उनी सन् १९२१ देखि कम्युनिस्ट अन्तार्राष्ट्रियको कार्यकारिणा समितिको सदस्य (Member of the Executive Committee of the Communist International) थिइन् । तर, सन् १९२४ देखि नै उनी सोभियत सङ्घमा बस्न थालिन् सन् १९२५ मा उनले ‘अन्तर्राष्ट्रिय लाल सहयोग’ (Internationalen Rotein Helfe) संस्था स्थापना गरिन् र उनी त्यसको अध्यक्ष भइन् । सन् १९२७ मा उनी ७० वर्ष पुगिन् । उनको ७० औँ जन्म उत्सवको सुअवसरमा उनी विभिन्न साहित्यिक र अन्तर्राष्ट्रिय सम्मानले विभूषित भइन् ।
३० अगष्ट सन् १९३२ को दिन पूर्व अध्यक्षको नाताले नयाँ निर्वार्चित माथिल्लो सदन (Reichetag) को उद्घाटन मन्तव्यमा क्लारा जेटकिनले पुँजीवादी समाज व्यवस्थाको सामूहिक प्रतिकारको लागि आह्वान र डरलाग्दो फासीवादी प्रवृत्तिविरुद्ध एक हुन वकालत गरेकी थिइन् ।
लामो समयसम्मको अस्वस्थतापछि २० जून १९३३ को दिन मस्कोको नजिक आर्चाबसकोज (Archangelskoje) भन्ने ठाउँमा उनको देहावसान भयो । उनको शवलाई मस्कोको क्रेमल्नौर (Kremlnaure) मा राखिएको छ ।
क्लारा जेटकिन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र अन्तर्राष्ट्रिय महिला मजदुर आन्दोलनका एक उल्लेखनीय नेतृ हुन् । साँचो अर्थमा ‘एक मजदुर महिला आन्दोलनकी एक अग्रदूत र पुँजीवादी महिलावादी’ दृष्टिकोणको प्रखर आलोचक र विरोधी थिइन् ।
विश्वका क्रान्तिकारी महिलाहरू
Leave a Reply