सिद्धि गणेश साकोसमा दुईहप्ते एड्भान्स फोटोग्राफी तालिमको समापन
- श्रावण ३१, २०८३
भक्तपुर, ३१ साउन । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लिमिटेडको सहकारी नगर सहकारी समन्वय उपसमितिको आयोजनामा होटल यचु, भक्तपुरमा सञ्चालित एकदिने सदस्य सक्षमता विकास तालिम सम्पन्न भएको छ ।
सङ्घका अध्यक्ष हरिकृष्ण बल्लले वर्तमान समयमा सहकारी संस्थाहरूले जटिल कानुनी चुनौतीहरूको सामना गर्नु परिरहेको औँल्याउनुभयो । सहकारीजस्तो पवित्र स्थलमा गलत नियत भएका व्यक्तिहरूको प्रवेशले गर्दा समग्र सहकारी अभियान नै बदनाम हुन पुग्यो, जसको सजाय समुदायमा सही ढङ्गले चलेका राम्रा सहकारीहरूले भोग्नुपरेका छन्, अध्यक्ष बल्लले भन्नुभयो ।
उहाँले थप्नुभयो, “केही संस्थामा विकृति देखियो भन्दैमा सबैलाई एउटै डालोमा हेरेर सरकारले सहकारीलाई सदस्य नियन्त्रितभन्दा पनि राज्य नियन्त्रित बनाउने गरी कानुन बनाएको छ । मौजुदा ऐन कानुनको पालना हामीले गर्नैपर्छ तर सहकारी संस्था सञ्चालनमा बाधक हुने प्रावधानहरूको संशोधनका लागि विरोधका आवाजहरू निरन्तर उठाइरहनुपर्छ ।
सङ्घका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले सहकारी ऐन नियमअनुसार संस्थाको निर्वाचन सम्पन्न भएको तीन महिनाभित्र सहकारी सञ्चालनसम्बन्धी अनिवार्य तालिम लिनुपर्ने कानुनी व्यवस्थालाई सहजीकरण गर्न सङ्घले यो तालिम आयोजना गरेको जानकारी दिनुभयो । उहाँले प्रत्येक सहकारी संस्थाले हरेक वर्ष आफ्नो वार्षिक बजेटमै आवश्यक रकम विनियोजन गरी सञ्चालक, कर्मचारी र सदस्यहरूको क्षमता विकासका लागि निरन्तर तालिम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
तालिममा सङ्घका निवर्तमान अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारीको अवधारणा, विकासक्रम, अन्तर्राष्ट्रिय सिद्धान्त र व्यावहारिक प्रयोगका साथै सञ्चालक समिति तथा उपसमितिहरूको काम, कर्तव्य र अधिकारका बारेमा सहजीकरण गर्नुभएको थियो ।
तालिममा सहभागी संस्थाहरूको तर्फबाट मन्तव्य राख्दै केदारनाथ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजभाइ तजले र छुमा गणेश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरिशरण अवालले तालिम अत्यन्त प्रभावकारी र समयसान्दर्भिक भएकोमा खुसी व्यक्त गर्नुभयो ।
संस्थाहरूबिच आपसमा लागत साझेदारी (ऋयकत क्जबचष्लन) गरी न्यून लागतमा व्यवस्थित र गुणस्तरीय तालिम लिन पाएको उल्लेख गर्दै उहाँहरूले तालिममा सिकेका ज्ञान र सीपलाई आ–आफ्नो संस्थाको दैनिक अभ्यासमा लागू गर्ने प्रतिबद्धता जनाउनुभयो ।
सङ्घका कर्मचारी राजन कासिछ्वाले सञ्चालन गर्नुभएको उक्त समापन सत्रमा सदस्य सहकारी संस्थाका सञ्चालक, लेखा समिति पदाधिकारी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।
Leave a Reply