भर्खरै :

चिनियाँ विदेशमन्त्री वाङद्वारा सिरियाबारे “गहिरो चिन्ता” व्यक्त

चिनियाँ विदेशमन्त्री वाङद्वारा सिरियाबारे “गहिरो चिन्ता” व्यक्त

पेइचिङ, १३ डिसेम्बर (एएफपी) । पेइचिङका उच्च कूटनीतिज्ञ वाङ यीले आफ्ना इजिप्टका समकक्षीसँग सिरियाको अवस्थाबारे चीनसँग ‘गहिरो चासो’ व्यक्त गर्नुभएको छ । इजिप्टका विदेशमन्त्री बद्र अब्देलाटी र वाङले पेइचिङको दियाओयुताई स्टेट गेस्टहाउसमा संयुक्त पत्रकार सम्मेलन गरी ‘रणनीतिक वार्ता’ का लागि दुईदिने भ्रमण सम्पन्न गरेका हुन् ।
वाङले पत्रकारसँग भन्नुभयो, “दुवै पक्ष सिरियाको वर्तमान् अवस्थाप्रति चिन्तित छन् र सिरियाको सार्वभौमिकताको सम्मान गर्न आह्वान गर्दछन् । आतङ्कवादी र अतिवादी शक्तिहरूलाई अराजकताको फाइदा लिनबाट रोक्न चीनले आग्रह गर्दछ ।”
अपदस्थ सिरियाली राष्ट्रपति बशर अल असदले इस्लामवादी हयात तहरीर अल–शाम (एचटीएस) समूह र यसका सहयोगीहरूको नेतृत्वमा आक्रामक आक्रमणपछि देश छोडेर भागेको सञ्चारमाध्यम तथा विभिन्न मानवअधिकारवादी समूहले बताएका छन् । असद प्रशासनको पतनले एक युगको अन्त्य गरेको छ जसमा संदिग्ध विद्रोहीहरूलाई जेलमा राखिएको थियो वा निर्मम यातना दिई हत्या गरिएको थियो । करिब १४ वर्षको युद्धको अन्तरालमा पाँच लाखभन्दा बढी मानिसहरूको ज्यान गएको छ र लाखौँ विस्थापित भएका छन् ।
“मध्यपूर्वमा शान्ति र स्थिरता हासिल गर्न हामीले शान्ति र वार्तालाई बढावा दिनुपर्छ भन्नेमा हामी सहमत भयौँ,” वाङले अब्देलाटीसँगको संयुक्त पत्रकार सम्मेलनमा भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *