भर्खरै :

बुटवलमा नेमकिपा स्थापना दिवस

बुटवल ।
नेपाल मजदुर किसान पार्टीको ४४ औं स्थापना दिवसको अवसरमा रूपन्देही जिल्लाव्यापी मावि तथा उमावि स्तरीय शिक्षा र स्वास्थ्यमा राज्यको दायित्व विषयक निबन्ध लेखन प्रतियोगिता सोमबार लुम्विनी वाणिज्य क्याम्पसमा सम्पत्र भयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी संघ रूपन्देहीको आयोजनामा सम्पत्र कार्यव्रmममा नेमकिपा रूपन्दहीका अध्यक्ष हरिसुन्दर वासीले पुँजीवादी प्रजातन्त्रमा शिक्षा र स्वास्थ्य जस्तो आधारभुत विषयमा पनि राज्यले दायित्व नलिएको हुँदा जनताको प्रजातन्त्रको लागि संघर्ष गर्नु परेको बताउनु भयो ।
नेमकिपाले माकर्सवाद, लेनिनवाद र माओ विचारधारालाई मार्गनिर्देशक सिद्धान्त मानेको चर्चा गर्दै अध्यक्ष वासीले कामदार वर्गलाई शासक बनाउन वर्गसंघर्ष गर्नुपर्छ भत्रुभयो ।
नेमकिपा स्थापनाका राष्ट्रिय अन्तराष्ट्रिय आधारहरू स्पष्ट पार्दै अध्यक्ष वासीले संविधानमा सम्पूर्ण शिक्षा र स्वास्थ्य निशुल्क बन्दोबस्त गराउन नेमकिपाले अथक संघर्ष गरेको स्मरण गराउनु भयो ।
नेक्राविसंघ रूपन्देहीका अध्यक्ष तुल्सा विकको अध्यक्षतामा सम्पत्र कार्यव्रmमको सञ्चालन विमला आचार्यले गर्नु भयो ।
प्रतियोगितामा रूपन्देहीका विभित्र विद्यालयका ३३ जना छात्र–छात्राहरूले भाग लिएका थिए । प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम शनिबार हुने जनाइएको छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *