नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
भक्तपुर, १५ माघ । भक्तपुर नगरपालिकाले नगर सफा र सुन्दर बनाउन सफाइ अभियान गरिरहेको छ । नगरका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, सदस्य, कर्मचारी तथा वडा बासिन्दाहरुले हरेक महिनाको १ र १५ गते कुनै न कुनै ऐतिहासिक तथा धार्मिक स्थल, पोखरी या सम्पदाहरु सफा गरिरहेका छन् । त्यस्तै माघ १ गते नगरपालिकाको आयोजनामा धार्मिक स्थल हनुमानघाट सफा गरियो, माघको १५ गते सोमबार भक्तपुरको ब्रह्मायणी मन्दिर प्राङ्गण सफा गरिएको छ ।
सरसफाइ कार्यक्रममा थुप्रै मान्छेहरुको सहभागिता रहेको थियो । सफाइमा संलग्न रामप्रसाद प्रजापतिले बिहान ७ बजेदखि १० बजेसम्म सफा गरेको बताए । उनले नगरपालिकाले सुरुवाट गरेको काम यसै गरी निरन्तर होस् भन्ने चाहना राखे । ‘जसरी आफ्नो घर फोहोर हुँदा आफै सफा गर्न तल्लीन हन्छौं, त्यसैगरी आफ्नो वडा र नगर फोहोर हुँदा हामी सबै एकजुट भएर सफा गर्न लाग्नुपर्छ ।’ प्रजापतिले भने । यसरी नै सफा गर्दै जाने हो भने भक्तपुर नगरलाई नमुना नगर बनाउन सक्छ । त्यसै ब्रह्मायणी मन्दिरको पाटीको मर्मत सम्भारमा व्यस्त रहेका माइला सुवालले नगरपालिकाले गरिरहेको कामलाई भक्तपुरबासिन्दाले पनि अपनाउनुपर्ने बताए । उनले नगर सफा रहे जनता पनि स्वस्थ हुने बताउँदै फोहोर भयो भने नगरपालिका छ नि भनेर नबसी आफू नै सफा गर्न जानको लागि सुझाव दिए । पैसा नआउने काम किन गर्ने भनेर नबस्न उनले नगरका बासिन्दालाई सुझाव दिए ।

सफाइमा नै संलगन नगरपालिका कर्मचारी तथा संस्कृतिविद् ओमप्रसाद धौभडेलले मन्दिरमा श्रीपञ्चमीको दिनमा मेलाले गर्दा मन्दिर वरिपरि एकदमै फोहोर भएको बताए । उनले यस मन्दिरमा दशैंको पहिलो र अन्तिम दिनमा मेला लाग्ने बताए । साथै विभिन्न सांस्कृतिक परम्पराको पूजाआजा हुँदा पनि यहाँ मेला लाग्छ । यस मेलामा मानिसहरुले बलि पनि चढाउने गर्दछ, मन्दिर वरिपरि रगतैरगत हुन्छ । यसले गर्दा मन्दिर गन्हाउने र फोहोर हुने गर्दछ । त्यसैले सबै मानिसहरुले आफूले फोहोर गरेपछि आफै नै सफा गरेर जानुपर्दछ । सरसफाइ कार्यक्रमलाई अगाडि बढाउँदै लगेकोमा भक्तपुर नगरका बासिन्दाहरु खुसी छन् । साथै उनीहरु पनि सहभागी हुन्छन् ।
Leave a Reply