अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
भक्तपुर, २९ मङ्सिर । पर्यटन प्रवद्र्धनका लागि भक्तपुर नगरपालिकाको आयोजनामा मङ्सिर २८ गतेदेखि पुस २ गतेसम्म सञ्चालन भएको भक्तपुर महोत्सवअन्तर्गत सूर्यमढी टोलमा ब्रम्हायणी रास भजन मण्डल र वाचुत्व ज्ञानमाला भजनद्वारा सांस्कृतिक तथा धार्मिक भजन प्रस्तुत गरियो ।
महोत्सवको मृत्तिका प्रदर्शनीमा सूर्यमढी टोलमा ८० वर्ष पुरानो ल्हाँे चाख, १०० वर्ष पुरानो सिं चाख तथा टायर र आधुनिक बिजुलीको चक्काबाट सलि, खुत्रुके, गमला, भाजं, घ्यर्वा, चिलं धुपौरो, घैँटोजस्ता माटोको भाँडा बनाएर प्रदर्शन गरिएको थियो । महोत्सवमा सहभागीहरूलाई माटोमा आफ्नो कलाको अभ्यास गर्ने सुविधासमेत दिइएको छ ।
नेवार जनजीवनसँग सम्बन्धित न्येदा पुन्ही, पेदापुन्ही, इहि, बाह्रा तय्गु, कयता बियेगु, भिं ईपा, जंको प्रदर्शनी, महिला समूहहरूको समयबजी, योमरीको स्टल रहेको उक्त महोत्सवमा उदय बचत तथा ऋण सहकारी संस्था लि. ले निःशुल्क खानेपानी तथा मही वितरण गरेको छ ।
महोत्सवमा वाकुपतिनारायण स्थान र दत्तात्रय क्षेत्रमा अन्नहरूको चित्र हलिमलि तथा परम्परा बाजा तथा तलातुन्छी गणेशको द्योछेँ परिसरमा विश्वकर्मा भैल प्याखंको पोशाक, बाजा तथा माटाको नेवारी भाँडाकुँडा प्रदर्शनी गरिएको छ ।
Leave a Reply