अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
बेथलेहम, १४ डिसेम्बर (प्रेस टीभी) । इजरायली सेनाले गत वर्ष अक्टोबरमा घेराबन्दीमा राखिएको गाजापट्टीको विरुद्धमा नरसंहारको सैन्य अभियान चलाएदेखि कब्जा गरिएको वेस्ट बैङ्कमा कम्तीमा १२,१०० प्यालेस्टिनीहरूलाई गिरफ्तार गरेको प्यालेस्टिनी कैदीहरूको वकालत गर्ने समूहले बताएको छ ।
प्यालेस्टिनी कैदी क्लबले शुक्रबार एक अद्यावधिक रिपोर्टमा भन्यो कि अधिकांश गिरफ्तारीहरू अल–खलिल र कब्जा गरिएको अल–कुद्सका गभर्नरेटहरूमा भएका थिए ।
त्यस अवधिमा १०,००० भन्दा बढी प्रशासनिक नजरबन्द आदेश जारी गरिएको थियो, क्लबले भनेको छ । पक्राउ पर्नेमा ४४० भन्दा बढी महिला र ७ सय ९५ बालबालिका रहेका छन् ।
शासक सेनाले १४१ पत्रकारलाई पनि गिरफ्तार गरेको छ, जसमध्ये ५९ जना हिरासतमा छन्, जसमा पाँच महिला र गाजाका ३३ पत्रकार छन् ।
हिरासतमा परेका मध्ये ११,००० व्यक्तिहरू कुनै मुद्दा वा अभियोगबिना प्रशासनिक हिरासतमा छन् ।
यसको प्रशासनिक नजरबन्दको नीतिअन्तर्गत, कब्जा गर्ने शासनले प्यालेस्टिनीहरूलाई छ महिनासम्म कुनै परीक्षण वा अभियोगबिना नै थुन्छ । बन्दीहरूको यो सङ्ख्यामा गाजामा हिरासतमा रहेका प्यालेस्टिनी कैदीहरू समावेश छैनन्, जुन हजारौँमा रहेको अनुमान गरिएको छ ।
जारी गिरफ्तारी अभियानहरू बढ्दो दुव्र्यवहार र गम्भीर कुटपिट र थुनुवा तथा तिनीहरूका परिवारहरूविरुद्ध मौखिक र शारीरिक धम्कीहरूसँगै छन्, कैदीहरूको अधिकार समूहले भन्यो ।
अपमानजनक विधिहरूमा नागरिकको घर तोडफोड र विनाशका साथै व्यक्तिगत सवारी साधन, नगद र गहना जफत समावेश छ, सङ्गठनले थप्यो ।
बन्दीहरूलाई मानव ढालको रूपमा पनि प्रयोग गरियो, जबकि तिनीहरूका परिवारहरूलाई समयावधिसम्म बन्धक बनाएर राखियो ।
गिरफ्तारी अभियानका अतिरिक्त, प्रिजनर्स क्लवले भन्यो कि इजरायली सेनाहरूले कैदीहरूको परिवारका सदस्यहरूविरुद्ध अघोषित मृत्युदण्ड दिइरहेको छ ।
इजरायलले गाजामा युद्ध सुरु भएदेखि आफ्नो जेलमा मारिएका ४७ प्यालेस्टाइनी कैदीहरूको शवलाई रोक्न जारी राखेको छ ।
हालैका वर्षहरूमा इजरायली सेनाले वेस्ट बैङ्कमा नियमित छापा मारेको छ, जुन अक्टोबर ७, २०२३ मा गाजामा युद्ध सुरु भएसँगै बढेको छ । प्यालेस्टिनीहरूलाई इलद्वारा हिंसात्मकरूपमा आक्रमण गरिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार, कम्तीमा ८०९ प्यालेस्टिनीहरूले कब्जा गरेको क्षेत्रमा इजरायली सेनाको गोलीबाट मारिएका छन् र ६,४५० भन्दा बढी अन्य घाइते भएका छन् ।
जुलाईमा, अन्तर्राष्ट्रिय न्याय अदालतले प्यालेस्टिनी भूमिमा इजरायलको दशकौँ लामो कब्जा अवैध भएको घोषणा ग¥यो र वेस्ट बैङ्क र पूर्वी अल–कुड्समा रहेका सबै अवस्थित बस्तीहरू खाली गर्न माग ग¥यो ।
प्यालेस्टाइनी प्रतिरोधी आन्दोलन हमासले प्यालेस्टिनीहरूविरुद्ध इजरायली शासनको दशकौँ लामो रक्तपात र विनाशको अभियानको जवाफमा कब्जा गर्ने निकायविरुद्ध अचम्मको अपरेसन अल–अक्सा आँधी चलाएपछि इजरायलले अक्टोबर ७, २०२३ मा गाजामा युद्ध सुरु गर्यो ।
गाजामा शासकको रक्तपातपूर्ण हमलाले हालसम्म कम्तीमा ४४,८७५ प्यालेस्टिनीको ज्यान लिइसकेको छ, जसमा अधिकांश महिला र बालबालिका छन् । अझै हजारौँ बेपत्ता छन् र तिनीहरू भग्नावशेषमुनि मरेको अनुमान गरिएको छ ।
Leave a Reply