भर्खरै :

बहुभाषिक कविगोष्ठी

तेह्रथुम, १५ माघ (रासस) ः आठराई गाउँपालिका–५, छातेढुंगामा आज बहुभाषिक कविगोष्ठी सम्पन्न भएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानको सहयोग तथा दीपावली मेला समिति, साहित्यिक उपसमितिको आयोजनामा भएको कार्यक्रममा तेह्रथुम, पाँचथर, ताप्लेजुङ र झापाका कवि सहभागी हुुनुहुन्थ्यो ।
राई वान्तवा, लिम्बू, तामाङ र नेपाली भाषाका ३६ कविलो कविता वाचन गरेको स्थानीयवासी सोमनाथ आचार्यले बताउनुभयो । गोष्ठीमा सहभागी कविलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ ।
कार्यक्रम प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यता तथा साहित्यिक उपसमितिका संयोजक भीम घिमिरेको अध्यक्षतामा भएको थियो । आइतबारदेखि शुरु भएको दीपावली मेलाअन्तर्गत विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम भइरहेका छन् । विसं २०३९ देखि लाग्दै आएको मेलामा फुटबल, भलिबललगायत खेल सञ्चालन हुने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *