भर्खरै :

विचौलिया

विचौलिया

लघु कथा

छोरी, किन रोएकी ? किन, के भयो ? कपडा पनि हिलाम्मे, रक्ताम्मे र च्याटिएको छ । साथीहरूसित झगडा प¥यो कि क्या हो ? साँझ गिट्टी कुटेर घर फर्केकी आमाले सुँक्कसुँक्क रोएर घर आएकी छोरी नम्रतासित सोधिन् । छोरीको बुबा पनि केही कमाउने आशमा अरबमा पसिना बगाउँदै होलान् । अब यहाँ मेरो भन्नु यो छोरीबाहेक को छ र ¤ गरिब छु, अशिक्षित छु तर इमानमा बाँच्छु ।
विद्यालय छुट्टिपछि जङ्गलको बाटो हुँदै घर फर्केकी छोरी नम्रताले सुँक्कसुँक्क रुँदै यति मात्र भन्न सकिन्, “विद्यालयबाट घर फर्कने क्रममा बाटोमा ३/४ जना गुन्डा केटाहरूले मलाई जबरजस्ती जङ्गलमा लगेर बलात्कार गरे । म चिच्याएँ तर मेरो केही लागेन । तिनीहरू भने गाउँकै ठुलाबडा नेताका सन्तानजस्ता थिए । त्यतिञ्जेल एकजना सुकिला, मुकिला, टाठाबाठा विचौलिया आए ।” उनले गोहीको आँसु चुहाउँदै लोभ र धम्की दिँदै भने, “पुलिसलाई खबर नगर्नु बरु दस बीस हजार कति चाहिन्छ भन्नु, होइन भने गाउँमा बस्नुपर्दैन । उनीहरू भनेका नेता, मन्त्री, सांसद, जमिनदार, धनीका सन्तान हुन्, बुझ्यौ ?”
यतिकैमा गाउँकै जान्ने बुझ्ने, अन्यायविरुद्ध लड्ने एक समाजसेवी आए । उनले के भयो भनेर मात्र के भन्न खोजेका थिए ती विचौलिया कुरा चपाएर केही हराएको जस्तो, कसैले बोलाए जस्तो बहाना गरेर त्यहाँबाट भागे । सबै कुरा बुझेपछि उनले आमा र छोरी दुवैलाई सान्त्वना दिँदै भने, “हिजोआज तिनीहरू अपराध गर्न र त्यसबाट बच्न सबै ठाउँमा यस्ता विचौलियाहरू राख्छन् । उनीहरूको मन्त्रालय, अदालत, पुलिस, अस्पताल सबै ठाउँमा पहुँच हुन्छ । आरोपी र अपराधी पनि हुनुपर्दैन अनि जेल पनि जानुपर्दैन । यस्ता अपराधीहरूलाई मृत्युदण्डको सजाय दिनुपर्छ । भोलि प्रहरी कार्यालयमा जाहेरी दिनुपर्छ । मेरा सहयोग गर्ने वकिल साथीहरू हुनुहुन्छ । सरकार र शासक दलहरूमा यस्ता विचौलिया र अपराधी छन् भनेर समाचार बाहिर आएकै छन् । तिनीहरूको अनुहार नेपाली र पोसाक नेपाली भए पनि विचार र मन भने विदेशी छन् । उनीहरू दलका नेताहरूलाई भिडाउने, जुधाउने अनि विदेशीको स्वार्थ पूरा गर्ने काम गर्छन् । तिनीहरूले गर्दा देश पनि छोरीजस्तै बलात्कृत भएको छ । तिनीहरूलाई जनताको बिचमा ल्याएर नङ्ग्याउनुपर्छ ।” ल रात पनि प¥यो भोलि भेटौँला भन्दै उनी आफ्नो घरतिर लागे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *