भर्खरै :

तीन मुक्तक

  • कार्तिक १४, २०८३
  • सत्यराम कासिछ्वा
  • साहित्य
तीन मुक्तक

अग्रजले गर्दैनन् कहिल्यै गल्तीबिनाको गाली
दुरुत्साहन ग¥यो भनेर शत्रुले गर्छन् ताली
शत्रुहरू अग्रजको मार्गनिर्देशलाई अपराध मान्छन्
आफ्नै मौलिक अस्तित्व मेटाउन पिट्छन् शत्रुले झ्याली

वर्गीय समानता स्थापितको लागि लडेको त्यो अग्रजको वैभव
समाजवादले जनताको आधारभूत आवश्यकता सम्भव
परिवर्तनको बाधक समय समयमा हुने गर्छ घटनाक्रम
नयाँ भन्दै पुर्खाको गुण बिर्सेमा आफ्नो प्रगति असम्भव

अग्रजको त्याग र तपस्याले स्थापित सर्वसाधारण जनताको सेवा
कहिल्यै आशा गरिएको थिएन व्यक्तिगत स्वार्थपूर्तिको मेवा
गल्तीको सुधारमा सचेत हुनुपर्छ नयाँ पुस्ताको असन्तुष्टि समयमा
समतामूलक आदर्श समाज निर्माणमा चाहिन्छ सबैको टेवामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *