तिहार
- कार्तिक १४, २०८३
नेतन्याहु,
यसपालि इजरायलमा
तिम्रो बहुमत पुगेन
यो प्रजातन्त्रविरोधीहरूको हार हो
प्यालेस्टिनमा आमसंहारको
परिणाम हो,
इरानमा बमबारीको नतिजा हो ।
ट्रम्प,
क्युवाविरुद्ध नाकाबन्दी लगाउने
राष्टसङ्घमा तिम्रो प्रस्ताव
असफल भयो ३४ औँ पटक
क्युवाको पक्षमा १३० देश उभिए
संरा अमेरिकी साम्राज्यवादसामु
कहिल्यै नझुक्ने वीर क्युवालीप्रति
विश्वको ऐक्यवद्धता पुनः दोहोरियो,
किनभने,
भेनेजुयलाका मादुरो दम्पतीलाई
अपहरण गरी न्युयोर्कमा थुनेको,
इरानमा बमबारी गरेको,
प्यालेस्टिनमा नरसंहार गरेको
युक्रेनलाई रुसविरुद्ध लडाएको
तिम्रा अपराधहरूलाई
विश्व जनमतको यो सजाय हो ।
(२०८३ कार्तिक १३ गते)
Leave a Reply