सय वर्षपछिको भक्तपुर
- चैत्र २९, २०८२
सम्पदाकर्मीहरुले उत्तरपश्चिम चीनको शान्सी प्रान्तमा छिङ वंशको एउटा सरकारी कार्यालय उत्खननका क्रममा भेटाएका छन् । सो कार्यालय २२ सय वर्ष पुरानो भएको अनुसन्धानकर्मीहरुले बताएका छन् । कार्यालय त्यत्तिबेलाको संगीत कार्यालय हुनुपर्ने उनीहरुको भनाई छ ।
११० मिटर लामो र १९.५ मिटर चौडा भग्नावशेषमा चार वटा समान क्षेत्रफलका कोठाहरु भेटिएका छन् । त्यसलाई तीन मिटर बाक्लो माटोको भित्ताले घेरेको छ ।
त्यहाँ टाइल र ईट्टाका टुक्रा, ढुंगाको बाजालगायत प्राचीन चीनमा प्रयोग हुने गरेका सामग्री भेटिएका छन् ।
त्यहाँ ढुंगाको बाजा मात्र २३ थान भेटिएको सम्पदाकर्मीहरुले बताएका छन् ।
त्यहाँ भेटिएको लेखोटमा संगीत विभागका अधिकारीको हस्ताक्षर भएकोले त्यो संगीत विभाग हुनसक्ने उनीहरुको भनाई छ ।
Leave a Reply